परदेशमा संघ – संस्थाको औचित्य कति ?

166

दिपेश कार्की दक्षिण कोरिया

पृथ्वीमा अस्तित्वमा रहेका हरेक प्राणि भन्दा शारीरिक रुपले अतिनै लाचार छ मानिस |प्रकृतिक सक्षमता पश्चात हरेक प्राणि बाह्य शक्तिको प्रयोग वा साहारा बिनै आफ्नो सारीरिक बल तथा स्वचालित बुद्दी लगाएर बिना अरुको साहरा आफ्नो जनजीवन चलाउदै पेटको लागि खाना समेत जुटाउन सक्छन |सर्पले भ्यागुरता खादा होस् या चितुवाले साभर | फट्यांग्राले किरा वा खरायोले घाँस |तर मानिस आफ्नो जैविक दक्षताको भरमा केहि गर्न सक्दैन |एक छाक टार्न समेत सक्दैन त्यसैले मानिस मानव उपयोगी नियम भित्र बस्दै,जिबनलाइ थप सरल र सवलिकरण सहित जीवन यापनका निम्ति समूह र एकता चाहन्छ ,संस्था र संगठन चाहन्छ यो स्वाभाविक र प्राकृतिक नियम हो |कुनै अमुग धर्म ,भूगोल राजानितिक वा एकल जातिय पहिचान गराउने नामांकन गरि लोकहितका उदेश्यले खोलिने यस्ता बिसुद्द मुनाफा रहित संघ , संस्था वा संगठनहरु केरा गांझिए झैँ गाँझीरहेका छन ,बग्रेल छन |जसबाट परदेश अछुत रहने भन्ने त सवालै भएन |

बिहान सबेर देखि राति अबेर सम्म मजदुरी गर्दै अतिरिक्त समय निकालेर भएपनि यस्ता संघ संस्थाहरुमा आबद्व हुने मजदुरहरुको संख्या उल्लेखनीय छ | तर यी बग्रेल संस्थाहरुले उदेश्य अनुसार काम गरेका छन् त ?मजदुर मैत्री छन त ?त्यो भन्दा गर्विलो प्रश्न त के यस्ता संघ संस्था परदेशमा आवस्यक छ त ??के को लागि गठन हुन्छन परदेशमा यस्ता सगठनहरु?कि साप्ताहिक वा बिशेस पर्वका बिदाहरुमा जमघट गरेर मात्र सुराको नसामा झुम्न ?

परदेशका सस्था संगठनमा आवद्द हुनु नै स्वत एउटा बौद्दिक चिनारी वा सामाजिक परिचय बनेको ठान्नेगरेको पाईन्छ केहि व्याक्तिहरुको स्वभावमा | कोरियामा सामाजिक संस्थाहरु करिब करिब नगण्य नै छन |धेरैजसो भौगोलिक अस्तित्व झल्काउने होस् या एकल जातीय पहिचान गराउने सस्था हुन् |हुनत सस्थाको नाम संग मेरो बिमति होइन नाम त केवल सृष्टित वा कल्पित कुनै बस्तुलाई बुझाउने वा चिनाउने शब्द मात्र हो |बिमति त काम संग हो ,यस्ता संस्था रहनु हुन्न भन्ने मेरो आसय हुदै होइन केहि संस्थाहरुले त छाती नै चौडा हुने गरि सामाजिक कार्यमा समन्वय र सहकार्य गरेको छन् |भने अधिकांशले सामाजिक कार्यको बहानामा निकट भविष्यमा राजनीति गर्ने स्पस्ट मार्गचित्र कोरेको वा सामाजसेवीका रुपमा आफुलाई परिवर्तन गरि राजनीतिमा आफ्नो ब्याक्तित्व संचिति गरेको मात्र पाइन्छ ,भने केहि व्यक्ति सामाजिक संजालमा विशिष्ट सम्बोधनको लागि मात्र आवद्द छन |सामाजिक संस्थाको गन्तब्य राजनीति नै हो त ?

बिशुद्व मुनाफा रहित लोकहितका लागि खुलेका यस्ता संस्था र सस्थामा आवद्द सदस्यहरुको सामाजिक कार्यको बिराट यात्राले सफलताको पिरामिड सम्म चुमोस थप मजदुर मैत्री कार्यक्रम तिर ध्यान जाओस |