1974 AD ब्याण्डको टोली कोरिया आउदै

920

नेपालको चर्चित ब्याण्ड को टोली कोरिया आउने भएको छ । कोरियन पर्व सलनालको अवसरमा उक्त ब्याण्डले कोरियामा आफ्नो प्रस्तुतीहरु प्रस्तुत गर्न कोरिया आउन लागेको हो ।

यहि नोभेम्बर २४मा एनसिसी कोरियाको सास्कृतिक कार्यक्रम बाडफाडमा ओखलढुंगा सेवा समाजले कार्यक्रमको जिम्वेवारी पाएसँगै समाजले उक्त ब्याण्डलाई कोरिया आमन्त्रित गर्न लागेको हो ।

सस्थाले एक सुचना प्रकाशित गर्दै कार्यक्रमका बारेमा उद्देश्यको बारेमा जानकारी गराएको छ ।
सुचना
देश बिदेश तथा विशेष गरि कोरियामा रहनु भएका ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका सम्पुर्ण शुभेच्छुकहरुमा एउटा खुशिको खबर शेयर गर्न गौरहेका छौ।सर्वप्रथम यहाँहरु सबैलाइ न्यानो न्यानो ओखलढुंगे अभिवादन !!
सन 2015 मा औपचारिक रुपमा स्थापना भइ कोरियाली नेपाली समुदाय माझ कृयाशिल ओखलढुंगा सेवा समाज दक्षिण कोरियालाइ यहि नोभेम्बर 24 एनसिसी कोरिया को सास्कृतिक कार्यक्रम बाडफाड (सलनाल 2020 को लागी) को अनुमति प्राप्त भएको थियो।उक्त अनुमती पाए सङै हामिले आफ्नो तयारी तिव्र बनाएका छौ।हामिलाइ प्राप्त अनुमती अनुसार आगामी कोरियन पर्व सलनाल 25 जनवरी 2020(सलनाल को दोस्रो दिन)हाम्रो बृहत् सास्कृतिक कार्यक्रम हुनेछ।

ओसेसका विभिन्न हितैशी सस्थाका पदाधिकारीहरु,हाम्रो शुभेच्छुकहरुको परामर्श तथा दर्शक स्रोताको चाहनालाइ मध्य नजर राख्दै ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको कलाकार छनौट समितिको सिफारिस अनुसार नेपालको बहुचर्चित एवम लोकप्रिय साङितिक ब्याण्ड 1974 AD को सउलको सुविधा सप्पन्न हलमा “1974 AD LIVE CONCERT IN SEOUL”हुने जानकारी गराउदछौ।विगत २५ वर्ष देखी नेपाली गीत संगीतप्रेमी दर्शक स्रोताहरुलाइ विविध लोकप्रिय रक पप बिधाको सदाबहार गीत संगीत प्रदान गर्दै आइरहेको यस ब्याण्ड को केहि समय अघि REUNITED भए पछि पहिलो पटक ओखलढुंगा सेवा समाज ले कोरिया निम्त्याउन लागेकोहो।पुनः केहि दिन भित्रै कन्सर्ट हलको व्यवस्थापन गरि सुचित गर्नेछौ।

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले निम्न उद्देश्यहरु राखी यस “1974 AD LIVE CONCERT” आयोजना गर्न गइरहेको पनि जानकारी गराउदछौ
१.ओखलढुंगा जिल्लामा स्वास्थ र शिक्षामा पहुच नभएकाहरुको सहयोगार्थ २. नेपाली गित रेकर्ड गराउने पहिलो महिला गायिका स्व.मेलवादेविको सम्मानमा पुरस्कार स्थापना गर्न३.राष्ट्र,राष्ट्रियता र नेपाली एकताको सन्देश दिन४.Visit Nepal 2020 सफल गर्न५.शान्ति तथा मैत्री एवम भाइचारा अभिवृद्धिको साथै नेपाली कला सस्कृतिको प्रवर्द्धन गर्न।
तसर्थ उल्लिखित घोषित उद्देश्यहरु पुरा गर्न तथा सलनाल 2020 को लामो बिदामा साङितिक माहौलमा रम्न रमाउनको लागी सहभागी भइ सहयोग गरिदिनु हुन कोरियाली नेपाली समुदायका सम्पुर्ण दिदि बहिनी दाजु भाइहरुमा हार्दिक अनुरोध गर्दछौ।धन्यवाद ।।
श्रीराम गुरुङ
अध्यक्ष
ओखलढुंगा सेवा समाज दक्षिण कोरिया

प्रतिक्रियाहरू