इपिएस कोरिया शाखाले आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाका लागि २६ वटा परीक्षा केन्द्र तोकेको छ ।
शाखाले बाग्मती बोर्डिङ स्कुल सुकेधारा, एलआरआइ उच्च मावि कलंकी, एनके सिंह मेमोरियल इपिएस स्कुल मिनभवन, भिएस निकेतन स्कुल मिनभवन, लेब्रोटरी उच्च मावि किर्तिपुर, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तिसपुतली, हिमालय उच्च मावि तथा कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तिनकुने, नोवेल कलेज वानेश्वर, किष्ट कलेज कमलपोखरी, रेगन कलेज सामाखुशी, टाइम्स इन्टरनेशनल कलेज डिल्लिबजार, ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लिबजारलाई परीक्षा केन्द्रका रुपमा तोकेको हो ।
यस्तै, युनिभर्सल कलेज मैतिदेवी, भिएस निकेतन कलेज तिनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कुल बौद्ध, रेडियन्ट स्कुल सानेपा, जेम्स उच्च मावि धापाखेल, लिटिल एन्जल्स स्कुल हात्तिवन, मोलिस कलेज कुमारीपाटी, क्यास्पियन भ्याली कलेज कुमारीपाटी, आइडियल मोडल स्कुल धोविघाट, लिटिल एन्जल्स कलेज हात्तिवन, पिनाकल एकेडेमी लगनखेल, एसियन इस्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्ट खुमलटार परीक्षा केन्द्र रहेका छन् ।
शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो सिफ्टका परीक्षार्थी बिहान ८ बजे र दोश्रो सिफ्टका परीक्षार्थी मध्यान्ह १२ बजे भन्दा अघि नै परीक्षा केन्द्रमा प्रवेश गर्नुपर्नेछ ।
सिट प्लान WWW. epsnepal.gov.np मा गएर हेर्न सक्नुहुनेछ ।
उज्यालोअनलाइन