पानी बाराबार र युद्धको सन्त्रास दिने सम्बन्धलाई तोड्दै ६५ वर्ष पछि उत्तर र दक्षिण कोरियाका राष्ट्रप्रमूख बीच ऐतिहासिक भेटवार्ता र महत्वपुर्ण सम्झौता भएको पुर्व सन्ध्यामा नेपालबाट विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको प्रतिमा कोरिया ल्याइएको छ । नेपाली सम्पर्क समिति कोरियाको संयोजन र बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा स्थापना गर्न लागिएको बुद्धको प्रतिमा मुर्ति कोरियामा मंगलबार ल्याइएको हो ।
बुद्ध प्रतिमालाई मे १२ तारिख सौलमा आयोजना हुने लोटस लालटर्न फेस्टीभलमा परिक्रमा गराई मे २० मा वाउछङसा गुम्बामा बिशेष कार्यक्रम सहित प्रतिस्थापन गर्ने नेपाली समूदायको ऐतिहासिक योजना छ । नेपाल कुरियो आर्ट कम्पनि ललितपुरले निर्माण गरेको करिब ५०० केजिको तामाको बुद्द मुर्ति (प्याकिङ बक्स सहित करिब ८६० केजि) कोरिया आइसकेको बुद्ध प्रतिमा स्थापना अभियानका मुर्ति ब्यवस्थापन बिभाग सचिबालय सदस्य लोचन राइले जानकारी दिएका छन् । बुद्ध प्रतिमा भन्सार प्रक्रिया पुरा गरेर योङइनस्थित वाउछङसा गुम्बामा पु¥याइएको छ ।
बुद्द प्रतिमा स्थापना अभियानका सचिबालय सदस्य तथा योङइनस्थित वाउछङसा गुम्बा ,योङइन सिटी र नेपाली समुदायको कोअर्डिनेटर समेत रहेका डम्बर सुब्बा र अभियानका सदस्य लोचन राइका अनुसार कोरियन एअर मार्फत ल्याईएको बुद्द प्रतिमाको करिब ८६० केजीको सम्पुर्ण कार्गाे ढुवानी लगभग ३००० अमेरिकी डलर बराबरको रकम कोरियन एअरले छुट गरेकोछ । त्यसै गरि कोरिया सरकारले भन्सारमा पनि केहि रकम छुट गरेको छ। कुल भन्सार शुल्क र अन्य अफिसियल शुल्क सहित २११३९०० वनमा ६३०००० वन छुट गरि १४८३८४४ वन लागेको जानकारी मुर्ति ब्यवस्थापन बिभाग सदस्य लोचन राईले जानकारी दिएका छन्।
कार्गाे शुल्क निशूल्क र भन्सारमा केहि रकम छुट गर्न ब्यबस्था मिलाउने योङइन नगरका मेयर र नेपाली राजदुताबास कोरिया र वाउछंसा गुम्बाले विशेष सहयोग गरेका छन्।
आर्थिक बिभाग सदस्य तथा अभियन्ता भक्त शेरचनका अनुसार अहिले सम्म कोरियामा ६ दर्जन कृयाशिल संस्था र करिब ३६५ जना समाजसेबि सहयोगि ब्यक्तित्वले करिब द्ध करोड छण् लाख वन सहयोग गरिसकेका छन्। सहयोग गर्ने सम्पुर्ण संस्था र महानुभावहरूलाई अभियानकी संयोजक अन्जु केसिले बिशेष धन्यबाद प्रदान गरेकि छिन्।
बुद्द प्रतिमा र उक्त प्रतिमा राख्ने गुम्बाको लागत करिब १ करोड रूपयाँ पर्ने अनुमान
योङगिन सहर स्थित वाउछंसा गुम्बामा नेपालीहरूद्वारा स्थापना गर्न लागिएको बुद्द प्रतिमा र उक्त प्रतिमा राख्ने गुम्बाको लागत करिब १ करोड रूपयाँ लाग्ने अनुमान गरिएकोछ।बुद्द प्रतिमा राख्ने सानो गुम्बाको सम्पुर्ण निमार्ण खर्च वाउछंसा गुम्बाले सहयोग गर्दैछ। करिब छ करोड वनको लागतमा निर्माणाधिन गुम्बा नेपाली शैली स्यम्भुनाथको डिजाइनमा हुनेछ।गुम्बामा राखिने गजुरको खर्च र गुम्बामा लगाइने कलर रंगको खर्च पनि बुद्द प्रतिमा स्थापना अभियानले गर्ने भएकोछ। गुम्बाको चार घेरामा घुमाउने माने पनि राखिनेछ। यसले नेपाली कला र शैली झल्किने बिश्वास नेपाल बौद्द परिवारको अध्यक्ष तथा अभियन्ता पेम्बा दोङ्बा ह्यल्मोले गरेका छन्। गुम्बाको भित्ता पर्खालमा मिनि नेपालको झल्को दिने गरि नेपालका हिमाल , लुम्बिनि र अन्य कलाका चित्रहरू राखेर आकर्षक बनाईने कुरा अभियन्ता भरत तुलाचनले बताए।