एकता र भाइचाराको सन्देश दिदै कोरियामा नेपाली र इण्डीयनले मनाए संयुक्त होली

1345

रंगको पर्व होली सकिएको झण्डै एक महिनापछि कोरियामा होली मनाइएको छ । एकता र भाइचाराको सन्देश दिने उद्धेश्य सहित कोरियामा रहेका नेपाली र भारतीयले संयुक्त रुपमा रंगको पर्व होली मनाएका हुन् । राजधानी सउलको मुख्य नदी हानको किनारमा रहेको पार्कमा नेपाली र भारतीयले रंग र अबिर एक अर्काका लगाउदै होली मनाए । होली हंगामा नाम दिइएको कार्यक्रममा झण्डै दुइ सय भन्दा बढि भारतीय र त्यहि हाराहारीमा नेपालीहरुको उपस्थिति रहेको थियो ।

कोरियामा रहेको इण्डीयन कमिटि र कोरियामा सक्रिय संथा सनातन साहित्य संगीत साधना पाँच सले संयुक्त रुपमा आयोजना गरेको होलीमा कोरियन, अमेरिकी तथा युरोपेली पर्यटकको पनि सहभागी भएका थिए । कोरियन  र विदेशी पर्यटकले होलीलाई निक्कै चासोका साथ हेरेका थिए । कोरियामा विशेष गरी रंग अर्थात अबिरको प्रयोग गरी मनाइने पर्व नरहेका कारण विशेष चासोका साथ उनिहरुले अवलोकन गरेका थिए । होलीमा नेपालीहरुबीच ¥याप ब्याटल र रुसी र युक्रेन नागरिकले हरे राम हरे रामको भजन समेत गाएका थिए ।
जाडो मौषम सकिने तयारी र गर्मी मौषम शुरु हुन लाग्दै आयोजित होलीमा सहभागी नेपाली र भारतीयले पनि होलीले भाइचारा र एकता मात्र नभई कोरियामा हिन्दू सँस्कृतिको पनि प्रवद्र्धन हुने बताए ।

झण्डै एक दशक पछि कोरियामा भएपनि रंंग साटासाट गरेर होली मनाउन पाएकोमा खुसि देखिएका नेपालीले पनि परदेशमा दुइ छिमेकी मुलुकका नागरिकबीच एकता सन्देश होली दिएको बताए ।होली कार्यक्रमले प्राकृतिक सौन्दर्य धनि मुलुक नेपाल संस्कृति र कलाले पनि धनि छ भनेर प्रचारप्रसार गर्न सहयोग गरेको छ । नेपालमा कोरियन पर्यटक बढिरहेको पछिल्लो समयमा नेपालको बारेमा पर्यटकिय स्थल, सांस्कृतिक धरोहर, विविध सस्कृतिका बारे जानकारी यस्ता कार्यक्रमयले दिदाँ थप पर्यटक बढ्ने विश्वास धेरै नेपालीको छ । प्रर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रममा दुतावास र सम्बन्धी निकायले अलि ध्यान दिन सके रेमिट्यान्स मात्र नभई कोरियन पर्टयकको वृद्धिले नेपालको ओरालो लागेको अर्थतन्त्र माथि उकास्न सहयोगि हुने देखिन्छ ।

यसैबीच पाँच सले कोरियामा आफुले गरेका गतिविधि सहितको वार्षिक क्यालेण्डर सार्वजानिक गरेको छ ।

प्रतिक्रियाहरू