सुर्य खत्रीको नयाँ गीत “तिम्रो पिरले” सार्बजनिक (भिडियो सहित)

1256

दक्षिण कोरियाबाट नेपाली साहित्यको बिबिध क्षेत्रमा कलम   चलाउदै आउनु भएका सुर्य खत्री “घायल”को  भर्खरै  मर्म स्पर्शी गीत  “तिम्रो पिरले दुख्ने मुटु” सार्बजनिक भएको छ । पल पल एल्बम बाट रचनाकारको रुपमा स्थापित घायलका दुई दर्जन भन्दा धेरै गीत बजारमा आइसकेका छन ।

शब्द हरुमा डुबुल्की मार्न सिपालु घायलले अबको यात्रा नेपाल तय भएकाले यो गीत कोरियाको बासाईमा  अन्तिम गीत भएको समेत  जनाए ।

उक्त सुर्य खत्रीका शब्दले भरिएको म्युजिक भिडियोमा नेपाली आधुनिक गीतका ख्याती प्राप्त गायक स्वरुप राज आचार्यको सुमधुर स्वर रहेको छ ।दिपक शर्माको संगीत,वसन्त सापकोटाको निर्देशन रहेको छ।

प्रतिक्रियाहरू