कोरियाका लागि नेपाली राजदूत अर्जुन जंग बहादुर सिंहले राजनीतिक दलका भातृ संगठनको कुनै पनि कार्यक्रम उद्घाटन नगर्ने घोषणा गर्नुभएको छ । आज कोरियाको राजधानी सउलको दोङ्देमूनमा भएको जनसम्पर्क समिति कोरियाको महाधिवेशनमा पनि महामहिम राजदूतले सहभागी हुनु भएन् भने यस अघि प्रवासी नेपाली मञ्चको कार्यक्रममा पनि उपस्थित हुनु भएको थियो । राजदूत सिंहले राजनीतिक सम्बन्धी कार्यक्रम जस्तै अधिवेशन, प्रशिक्षण जस्ताको उद्घाटन नगर्ने तथा उपस्थित नहुने घोषणा गर्नु भएको हो । यद्यपी राजदुतले राजनीतिक दलको भातृ संगठनले गर्ने सामाजिक र अन्य अराजनीतिक कार्यक्रममा भने उपस्थित हुने बताउनु भएको छ ।
हेल्लोनेपालकोरिया डट कमसँगको कुराकानीमा महामहिम राजदूतले राजनैतिक कार्यक्रममा सहभागी नहुने सिस्टम बसाल्न चाहेको बताउनु भएको छ । आफु राजनैतिक दलको सिफारिशमा राजदूत भएर कोरिया आएको भएपनि कोरिया प्रवेशसँगै र यहाँ रहँदा कुनै पनि दलको झण्डा बोकेर काम नगर्ने बताउनु भयो । आफ्नो पदको मर्यादा र जिम्मेवारी अनुरुप सवै नेपालीलाई समान व्यावहार गर्ने आफ्नो सिंदान्त भएको पनि सिंहले बताउनु भयो ।
महिनाको दुइ वटा आइतबार दुतावास खोलेर प्रशंसा बटुल्नु भएका राजदूतको पछिल्लो कार्य प्रशंसा भएको छ । राजदूत सिंहको राजनैतिक कार्यक्रम भाग नलिने कार्यको नेपालमा रहेको राजनीतिक दलका नेताले पनि पाठ सिक्नुपर्ने देखिन्छ । राजनीतिक गरेर सार्वजानिक पदमा पुग्दा समेत राजनीतिक झुकाव र त्यहि पार्टीलाई सहयोग पुग्ने गरेको घटना बेला बेलामा सार्वजानिक हुने गरेको थियो । जसको चौतर्फी आलोचना र विवादमा आउने गरेको थियो ।