कोरियामा प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा आयोजित लोटस लाल्टिन फेस्टीभल अर्थात शान्ति दिप महोत्सवमा नेपालबाट ल्याइएको बुद्धको प्रतिमालाई नगर परिक्रमा गराइएको छ । नेपाल सम्पर्क समिति एनसिसिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा थालिएको बुद्ध प्रतिमा प्रतिस्थापन अभियानबाट ल्याइएको बुद्ध प्रतिमालाई नगरपरिक्रमा गराइएको हो । हिजो शनिवार विषम मौषमका बीच राजधानी सउलको हिस्ट्री एण्ड कल्चरल पार्कबाट कोरियामा रहेको सयौ बौद्ध धर्मगुरुले मन्त्रोच्चारण गरेपछि शुरु भएको शान्ति दिप ¥याली डेढ किलोमिटरको पदयात्रा पछि जोगेशा गुम्बामा समापन भएको थियो । कोरियाको क्यालेण्डर अनुसार पर्ने बुद्ध जयन्तीमा चीन, नेपाल, भियतनाम, थाईल्याण्ड, कम्बोडिया,श्रीलंका, लाओस, मंगोलिया सहित दर्जनौ मुलुक र सयौ गुम्बाले दिप, सांस्कृतिक झाँकी र बुद्धको प्रतिमालाई लिएर नगर परिक्रमा गरेका थिए भने सडकको किनारमा रहेका लाखौ दर्शकले उनिहरुलाई स्वागत गरेका थिए । कोरियाका राष्ट्रिय टेलिभिजनहरुले शान्ति दिप सहित पदयात्राको प्रत्यक्ष प्रसारण गरेका थिए भने सवै सहभागीले उज्यालो बुद्धको प्रतिमालाई लिएर हिडेका थिए । सहभागी विभिन्न राष्ट्रले बुद्ध तिर्थायटनको प्रचार गर्ने गरी झाँकी प्रदर्शन गरेका थिए । यसपाली नेपालबाट ल्याइएको बुद्धको प्रतिमा विशेष रहेका थियो । पहिलो पटक नेपालबाट ल्याइएको बुद्धको प्रतिमालाई नगर परिक्रमा गराउदाँ नेपाली पञ्चे बाजा समेत बजाइएको थियो जसले धेरै कोरियन तथा विदेशी पर्यटकको ध्यान आकृष्ट गरेको थियो ।
बुद्ध नेपालमा जन्मिएको सन्देश र भ्रमलाई चिर्न बुद्ध प्रतिमा प्रतिस्थापन अभियान मार्फत ल्याइएको बुद्ध प्रतिमालाई नगरपरिक्रमा गराउदाँ केहि हदसम्म भ्रम चिर्न सफल हुने विस्वास अभियानको छ । बुद्धको प्रतिमालाई पर्यटकिय नगर योङईनस्थित वाउछङ्सा गुम्बामा प्रतिस्थापन गर्ने तयारी भइरहेको छ । झण्डै एक करोड रुपैयाको लगानीमा उक्त गुम्बामा नेपालबाट ल्याइएको बुद्धको प्रतिमा प्रतिस्थान यहि मे २० तारिख हुदै छ ।
यसैबीच आज आइतबार जोगेशा गुम्बा परिसरको सडकको दुवै किनारमा विभिन्न मुलुक र गुम्बाका बुद्ध सम्बन्धी र तिर्थायटनका प्रचार सामाग्रीको स्टल राखिएको छ ।
प्रतिक्रियाहरू