कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

1323

रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन्। दुईजनाबाट लाखौं ठग्ने झापाको बाहुनडाँगीका डम्बरबहादुर बस्नेत र ललितपुरकी रीता गुरुङ डाँगीलाई पक्राउ गरेको प्रहरी अपराध महाशाखाले जनाएको छ।

उनीहरुले मोरङ विराटनगर महानगरपालिका ११ की लक्ष्मी राई र स्याङ्जा नगरपाहिलका २ की राधा न्यौपानेलाई कोरियामा कृषिमा रोजगारी मिलाइदिन्छु भन्दै ठगेका थिए। दुईजनाबाट ३४ लाख ५ हजार ठगेको उजुरी परेको छ।

मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ।

प्रतिक्रियाहरू