कोरियामा ऐतिहासिक बुद्ध प्रतिमा प्रतिस्थापनमा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई बुद्ध प्रतिमा स्थापना अभियानले विशेष आभार प्रकट गरेको छ । अभियान शुरु भए पछि आर्थिक लगायत सहयोग गर्ने कोरियामा रहेको सहयोगी मनका नेपाली, संघसंस्था, व्यावसायि, पत्रकार, विद्यार्थी सवैलाई अञ्जु केसी संयोजकको पन्ध्र सदस्यीय अभियान समितिले विशेष धन्यावाद दिएको हो । त्यस्तै अभियानले लोटस लाल्टीन फेस्टीभल र बुद्धको मुर्ती अनावरणमा विशेष सहयोग गरेर अद्भुत पार्ने वाद्य वादक, विभिन्न जातिय भेषभुषा सहितको सांस्कृतिक टिमलाई पनि अभियानले धन्यावाद दिएको छ । पञ्चेबाजा र धार्मिक बाजाका कारण बुद्ध प्रतिमालाई नगर परिक्रमा गराउदाँ र अनावरण गर्दाको दिनलाई ऐतिहासिक र उल्लासमय पार्न बाद्यकर्मीहरुको उल्लेखनिय योगदान रहेको थियो । पञ्चेबाजा र धार्मिक बाजाको धुनले सहभागि नेपाली र विदेशीमा रौनकता छायेको थियो ।
सम्भवतः कोरियामा नेपालीद्धारा पहिलो पटक पञ्चे बाजा सहित बुद्धको मुर्तीलाई प्रतिस्थापन गरेका हुन् । यसैगरी अभियानले बुद्ध प्रतिमालाई नेपालबाट कोरिया ल्याएर अनाबरण गर्दा सम्म विशेष पुजाआजा गर्ने र विविध तरिकाले सहयोग गर्ने सउल गुम्बाका प्रमूख तथा लामा कुसाङ लामा र लामाको टिम सबैप्रति आभार प्रकट गरेको छ । यसैगरी फेस्टीभल र अनावरणको दिनलाई ऐतिहासिक र नेपालीबीचको एकता सदैव रहन्छ भन्ने सन्देश दिने गरेर राष्ट्रिय अभियानमा ऐक्बद्धता जनाउनु हुने सम्पुर्ण सहभागी नेपाली दाजुभाई प्रति विशेष आभार प्रकट समेत अभियानको छ । बुद्धको जन्मस्थल बारे भइरहेको भ्रमलाई चिरेर नेपालको पर्यटन प्रवद्र्धन हुने गरी भएको बुद्ध प्रतिमा स्थापना अभियान सफल भएपछि यसको चौतर्फी तारिफ र चर्चा भइरहेको छ । नेपाल सरकार र त्यस मातहातका निकायले गर्नुपर्ने कार्य नेपाली समूदाय अग्रसर भई कार्य सम्पन्न गरेको भन्दै कोरिया बाहेक अन्य मुलुकमा रहेका नेपालीले प्रशंसा समेत गरिरहेका छन् । परदेशमा रहेर पनि आफ्नो मातृभुमिलाई केहि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण समेत प्रस्तुत गरेपछि अन्य मुलुकमा रहेका नेपालीलाई यसको सिको गर्न झक्झाएको छ ।
यसैबीच अभियानका संयोजक अञ्जु केसीले आर्थिक सहयोग गर्ने नेपाली दाजुभाई, संघसंस्था, व्यावसायि लगायत सम्पुर्णलाई छिट्टै नै विशेष कार्यक्रम गरेर सम्मान र सम्मानपत्र प्रदान गर्ने बताउनु भएको छ । अनावरणका दिन सवै सहयोगी मनका सहयोगदातालाई सम्मान र सम्मानपत्र दिन असम्भव भएकोले छिट्टै मिति सार्वजानिक गरेर विशेष सम्मान गर्ने तयारी रहेको उहाँले बताउनु भयो । अभियान बृहत् भएकोले कार्यक्रम र अभियानका क्रममा केहि त्रुटि भए त्यसलाई सकरात्मकरुपमा लिएर क्षमायाचना गर्न पनि अभियान कमिटिले आग्रह गरेको छ ।
झण्डै ४ महिना लगाएर कोरियाको पर्यटकिय नगरी योङईनस्थित वाउछङसा गुम्बामा नेपाली बुद्धको मुर्ती प्रतिस्थापन गरिएको हो । अभियानमा नेपाल सम्पर्क समिति एनसिसिको संयोजन, नेपाल बौद्ध परिवारको सहकार्य र नेपाली दूतावास संरक्षक रहेको छ भने कोरियामा रहेका नेपाली गुम्बाहरुको आर्थिक लगायतको सहयोग पनि छ ।
यसैबीच बुद्धको मुर्तीको अनावरण गरेको तेश्रो दिन आज वाउछङसा गुम्बास्थित नेपाली बौद्ध स्तुपामा पुजाआजा गरिएको छ । अभियानका संयोजक अञ्जु केसी, अभियानकर्मी भक्त शेरचन, अभियान्ता डम्बर सुब्बा सहितकाको उपस्थितिमा नेपाली र कोरियन लामा गुरुले बुद्धको प्रतिमामा पुजाआजा गरेका हुन् । आज कोरियन क्यालेन्डर अनुसार बुद्ध जयन्ती परेको छ ।
प्रतिक्रियाहरू