कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

1580
दक्षिण कोरियामा तीन जनाको मृत्यु भएको समचार आएसँगै थप एक जनाको दुर्घटनामा ज्यान गएको छ । झण्डै एक वर्ष अघि रोजगारीका लागि कोरिया आएका पाल्पा हेक्लाङ ५का २२ वर्षिय छाप बहादुर फालको काम गर्दै गर्दा दुर्घटनामा ज्यान गएको हो । मृतक फाल याङसङको गाई फार्ममा केहि साता अघि मात्र आएका थिए । फाल कोरिया आएको नौ महिना पछि कम्पनी परिवर्तन गरेर  गाई फार्ममा पुगेका थिए । त्यहाँ सगै काम गर्दै आएका अर्का नेपालीका अनुसार गाई फार्ममा दाना र घाँस ओसारपसार गर्ने चिगेछाले  सामान निकाल्ने क्रममा उक्त दुर्घटना हुन पुगेको हो । दुर्घटना मंगलबार भएको र अस्पताल पु¥याएपछि मृत्यु भएको सहकर्मीले नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलालाई बताएका थिए । श्रम कन्सुलर डिल्लीराम बास्तोला घटना बारे जानकारी लिन फार्ममा पुग्नु भएको थियो । दुइ दिनको अवधीमा दुर्घटनामा फाल र आन्सङमा फ्रिजिङ मासु रहेको ¥याक सहितको गुडाउने छ फिटको गाँडा धकेल्ने क्रममा त्यसैले च्यापिएर म्याग्दीका थम बहादुर थापाको मृत्यु भएको थियो भने सोलुखुम्बुका राई थरका एक नेपालीले पनि कम्पनीको पाँच तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । यद्यपी राईको मृत्युको बारेमा अनुसन्धान भइरहेको छ । त्यसैगरी लमजुङका होम बहादुर गुरुङको दोङदेमूनको मोटेलमा सुतेको अवस्थामा सोमबार विहान मृत्यु भएको थियो । मृतक गुरुङको शव नेपाल पठाउने तयारी भइरहेको श्रम कन्सुलर बास्तोलाले जानकारी दिनु भएको छ ।
 
कोरियामा यो हप्ता चार जना नेपालीको मृत्यु भएपछि नेपाली दुतावास स्तब्ध भएको छ भने कोरियाका कार्यरत नेपाली पनि स्तब्ध भएका छन् । श्रम कन्सुलर डिल्लीराम बास्तोलाले तीन प्रकृतिका घटनाबाट यहाँ कार्यरत नेपाली पनि सचेत हुनुपर्ने बताउनु भएको छ । काम गर्दा सुरक्षाका उपाय अपनाउने, स्वास्थ्य विशेष गरी मुटुको नियमित चेकजाँच गर्नुपर्ने, मद्यपान धुम्रपान नगर्ने, पारिवारिक तनाबबाट अछुत रहने, काम गर्ने तथा सँगै बस्ने नेपाली साथीहरुले सहकर्मीको ख्याल र राम्रो व्यवहार गर्न पनि बास्तोलाले सुझाव दिनु भएको छ ।
प्रतिक्रियाहरू