दुख्नलाई घाउको के जरूरत छ र काली ?
काफी छन विगतका तिम्रा यादहरू ।
मायामा अन्धो भएको छु म सायद
त्यसैले त हरपल तड्पिएर बाचेको छु
सकिन्थ्यो होला सायद मर्नलाई
तर पनि बाचेकैछु तिम्रो ओठमा खुशी देख्नलाई।
सायद म दुनियाँको नजरमा गलत हुला
तर छैन म मेरो वर्तमानबाट हारेको
मनन् गरेको छु बिगतलाई
पछुताउनु मेरो बर्तमान हो
किनकी
नचाहदा नचाहदै भुलेको छु तिमीलाई।
ईतिहासले बहुत पढायो मलाई
मैले घोत्लिएर पढे ईतिहासलाई
तर ईतिहास अत्याचारी छ
मलाई सधै दमन गर्यो ईतिहासले
मलाई राम्रो संग थाह छ सानु
ईतिहास जित्नेहरूकै हो
जित्नेहरूलाइ ईतिहासले वाहवाही गरेकै छ
हार्नेहरू ईतिहासमा कलंकित छन
खयर केही छैन कलंकको टिका लगाएर हिड्न म तयार छु ।
परिस्थिति यस्तो थिएन उबेला जो आज छ
“स” लेख्दा संसार फैलने आवाज थिएन मसंग
संचार र संवाद विहिन मैले तिम्रो स्वीकार बुझिन
अथवा
मैले तिमी सामु मेरा भावनाहरू पुर्याउन सकिन
खै कसरी मेरो संचारमा खाडल पर्यो मैले बुझिन
त्यसैले त जिवनको परिक्षामा म फेल भए होला हैन ?
मलाई थाह छ हार कदापी जित हैन
तर जित्नेहरू संग पनि खासै अपेक्षा छैन
मैले जोगाउन सक्ने यादहरू हुन
यादहरू जोगाएर बाच्ने सायद म एक्लो पनि होइन ।
त्यसैले
गुनासोका नाममा कसैसंग कुनै गुनासो छैन
लामो अन्तरालले जबर्जस्ती भूल्न लगायो
सायद तिमिले पनि भूल्न चाह्यौ कि !
नखोजेको हैन सायद खोज्दा खोज्दै ऊफ••••
यादहरू अझै जीउदै छन्
मरेका छैनन् सम्झनाका लहरहरु
यो क्षणिक आवेग बिल्कुल होइन
पगलपनको उपमा म दिनै सक्दिन
भेटेर फेरी रमाएको छु
लाग्छ जीवले अर्को यौटा लय समाएको छ ।
फेरी यौटा नयाँ उडान भर्दैछु
तिमिसंग स्वीकारोक्ति र साथ मुख्य हुन्
अब फेरी चाहेको छैन गुमाउन गाढा प्रेम
त्यसैले त तिम्रो सिउदोमा सिंदुर भर्दैछु
आँखा अगाडी राखेर अघाउन्जेल हेर्न मन छ
न्यानो अॅगालोमा बाधेर मेरो मुटुको धड्कन तिम्रो मुटुलाई सुनाउन मन छ ।
तिम्रो सिउदोमा सिंदुर भरेर मिठो चुम्बन गरिदिन मन छ
यौटा तेस्रो संसार भैदिए
जहाँ तिमी र म मात्रै लाखौँ बर्ष तिमीसंगै बिताउन मन थ्यो
खयर यसरीनै भएपनि तिम्रो साथमा रमाएकैछु ।
- नोबिन्द्र कटुवाल खजेदो, दक्षिण कोरिया