ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सले सेवा दिने

पासपाेर्ट वा एलियन कार्ड र बैंककाे खाता लिएर अाउनकाे लागि कम्पनीले अनुराेध

2155

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले अायाेजना गर्न लागेकाे ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सकाे सेवा दिने भएकाेछ ।

“शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित यहि आउंदो मिति २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सउलमा भलिबल कपकाे आयोजना हुन लागेकाे हाे । यस छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ मा आयोजक सहित कुल १४ टिमले नाम दर्ता गरेका छन्। एसबिअाइ काेषमनी रेमिट्यान्सकाे सेवा लिनकाे लागि पासपाेर्ट वा एलियन कार्ड र बैंककाे खाता लिएर अाउनकाे लागि कम्पनीले अनुराेध गरेकाे छ । समितिले अाइतबारै सउलमा खेल तालिका सार्वजनिक गरेकाे छ। जसमा पोल A बाट मोना कोरिया vs तमूधीं कोरिया, सिहङ्सी आनसान vs तनहुँ सम्पर्क समिति,आयोजक बाग्लुङ सम्पर्क समिति (A) vs स्याङ्जा परिवार र गुल्मी सम्पर्क समितिले बाइ सहित प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसै गरि पाेल B बाट ठकुरी समाज vs कालीगण्डकी ब्वाईज,विश्वकर्मा समाज vs आयोजक बाग्लुङ C ,बाग्लुङ (B) VS पुन समाज र अन्नपुर्ण दुधपोखरी समाजले बाइ सहित प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा प्रथम ,द्वितीय र सान्तवना (दुई सेमीफाईनलिस्ट )हुने टिमले क्रमश;नगद १३,००,००० वोन , र प्रमाणपत्र,नगद १०,००,००० वोन र प्रमाणपत्र र नगद ३,५०,००० वोनको दरले दुई टिमले पुरस्कार पाउने छन्। यसैगरि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले नगद १ लाख वोन ,कप र प्रमाणपत्र सहित “उत्कृष्ट खेलाडी”को उपाधि पाउने छन्। कोरियाबासी सम्पुर्ण भलिबल खेलप्रेमी महानुभावहरुलाई तपशिलको मिति,समय र स्थानमा आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई भव्य अनि सभ्य रुपले सफल पारिदिनुहुन अायाेजकले हार्दिक निमन्त्रणा गरेकाेछ। मिति:२०१८ जून ०३, आईतबार समय:बिहान ९:०० बजे देखि स्थान:Gangbuk Youth Center(서울시 강복구 청소년 수련관 4.19 로 74 ) पून समाजले कार्यक्रम गरेको हल सुयु (कार्यक्रममा विभिन्न नेपाली स्वादिष्ट परिकारहरुका साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि रहनेछ)

प्रतिक्रियाहरू