न्यु भिजन ग्रुप दक्षिण कोरियाले आगामी छुसकको पहिलो दिन sep23 ,2018 मा दक्षिण कोरियाको बुसान-किम्हेमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने भएको छ। संस्थाका संयोजक हरि थपलियाको संयोजकत्वमा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।आगामी बैठकबाट विभिन्न जिम्मेवारी बाँडफाँड तथा कलाकार छनोटको टुङ्गो लगाएर तयारी सुरु गर्ने र सामाजिक काममा सदैव सबैसँग हातेमालो गरी अगाडि बढ्ने सचिव दिपेन्द्र अधिकारिले बताउँनुभयो ।
सामाजिक सद्भाव र सामाजिक कार्य गर्ने उद्देश्यले बृहत् सास्कृतिक कार्यक्रम गर्न लागिएकोले सम्पूर्ण संघ-संस्था,बुद्धिजीवी,व्यापारी बिधार्थी,पत्रकार एबम सम्पुर्ण कोरियावासी नेपालीहरुलाई सहभागिताको साथै सहयोग गरिदिनुहुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनुहुन आयोजकले अनुरोध पनि गरेको छ ।
बुसान,किम्हे,यांसान, गजेदो,थेगु, जिन्जु, मिर्याडं, मासान, उल्सान आदि क्षेत्रलाई समेटेर कार्यक्रम गर्न लागिएको संस्थापक सदस्य सन्जिव राईले बताउँनुभयो ।
साथै, उक्त कार्यक्रम भएको साँझ सधै झैँ यसपटक पनि GORKHALI BROTHERS ले किम्हेमा डान्स पार्टिको आयोजना गर्ने भएको छ