हुण्डी कारोबार विरुद्ध प्रहरी आक्रमक बन्दै, लाखौ नगद सहित ७ जना पक्राउ

3582

महानगरीय अपराध महाशाखाले हुन्डी काराबोरमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। राजधानीको न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्ने ७ जनालाई महाशाखाले सोमबार पक्राउ गरेको हो।

महाशाखाले नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिव कुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदिश सरियालाई  पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ५१ लाख ४ हजार ५ सय नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानब्बे रुपैयाँ बराबरको चेक बरामद गरेको छ। यस्तै मोबाइल ल्यापटपलगायतका सामाग्रीहरूसमेत बरामद गरेको छ।

उनीहरुमाथि कारबाहीका लागि प्रहरीले प्रारम्भीक अनुसन्धान थालिएको भन्दै राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू