पोखराको गण्डकी अस्पतालका डा. पोखरेलले भोली कोरियाको दोङदेमूनमा स्वास्थ्य परामर्श दिने, मुटु, ढाड, जोर्नी, मनोरोगबाट पिडितले लाभ लिन सकिने

9425

पोखराको गण्डकी अस्पतालका डाक्टर सरोज पोखरेलले भोली दोङदेमूनमा विभिन्न रोगबाट पिडित भएका नेपालीलाई स्वास्थ्य परामर्श दिने भएका छन् । दोङ्देमूनको सुभेच्छा रेष्टुरेन्टको मार्टको हलमा शनिवार साँझ आठ बजे देखि दश बजे सम्म स्वास्थ्य परामर्श दिने जानकारी एनआरएनए एशिया प्यासिफिक उप– संयोजक जुनु गुरुङले दिएकी छिन् । एनआरएनए एशिया प्यासिफिकको संयोजनमा उक्त परामर्श कार्यक्रम हुन लागेको पनि गुरुङले जानकारी दिएकी छिन् । डा. पोखरेलले छाति, मुटु, हाडजोर्नी, मनोरोग लगायतका समस्यामा परेकालाई परामर्श दिने जनाइएको छ । कोरियन भाषाका कारण रोगबाट प्रताडित भएर समस्यामा परेका नेपाली दाजुभाई दिदिबहिनीले स्वास्थ्य परामर्शबाट लाभ लिन सक्ने छ । थप जानकारीका लागि जुनु गुरुङको मोबाइलमा सम्पर्क गुर्न सक्नुहुनेछ ।

Contanct Number: 01091434557

प्रतिक्रियाहरू