कोरियामा कार्यरत सुवेदीले कारुणीक अध्यारो भिडियो मार्फत परिचय दिदै

4583

दक्षिण कोरियामा कार्यरत मोडल गान्धिव सुवेदीको अभिनय रहेको अध्यारो नामक कारुणीक लोकगीत सार्वजानिक भएको छ । गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहेका सुवेदीले लोकगीत अध्यारोमा सशक्त अभिनय गरेका छन् । युट्युब मार्फत सार्वजानिक भएको लोकगीत अध्यारोमा सुवेदीले मन्दीरको पुजारीको रुपमा एकतर्फी प्रेमको भुमिका निर्वाह गरेका छन् । सो म्युजिक भिडियोमा सारिका के.सीको पनि अभिनय रहेको छ भने निर्देशन स्मृति तिमिल्सिनाको रहेको छ । विष्णु खत्रीको लय शब्द रहेको कारुणीक गीतको गायन रामचन्द्र चन्दको रहेको छ । दर्जन भन्दा बढि लोक र आधुनिक गीतमा स्वर दिएका चन्दको पछिल्लो गीत नेपाली मौलीक र यथार्थताको रुपमा प्रस्तुत गरिएको छ । उज्यालोले धोका दिएपछि कुनै पनि ब्याक्ति बाध्य भएर अध्यारोको साहरा लिन पुग्छ भन्ने सन्देश पनि गीत मार्फत दिन खोजिएको छ । मोडल गान्धीवले यस अघि पनि ओखर काँचो छ लगायत विभिन्न चर्चित लोकगीतमा अभिनय गरिसकेका छन् ।

 

 

प्रतिक्रियाहरू