इपिएस अन्तर्गत पुन कोरिया जानका लागि गत बैशाखमा लिइएको सिविटी परिक्षाको परिक्षाफल सार्वजनिक भएको छ । परिक्षामा ४ सय ३९ जना उर्तिण भएका छन् । पुन कोरिया जानका लागि ३ हजार १ सय ५५ जनाले फारम भरेका थिए ।
अघिल्लो वर्ष बन्द भएको सिविटी भाषा परिक्षा यो वर्ष भने २ पटक लिइनेमा पहिलो सिविटी अन्र्तगत गत मे २ मा लिइएको थियो ।
इपिएसमार्फत दक्षिण कोरिया गएर समयमै स्वदेश फर्केका कामदारलाई पुनःकोरिया लैजान कोरिया मानव संसाधन विकास (एचआरडी) ले सिविटी परिक्षा लिने गर्दछ ।
उतिर्ण भएका कामदारले स्वास्थ्य परिक्षण गरि इपिएस शाखामा रोजगार आवेदन फारम भरि बुझाउनु पर्दछ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रियाहरू