
दक्षिण कोरियाका राष्ट्रपति मून जे इन चार दिने राजकिय भ्रमणका क्रममा आज भारत जादै छन् । द्धिपक्षिय सम्बन्ध प्रगाढ पार्ने उद्धेश्य अनुरुप राष्ट्रपति मून भारत भ्रमणमा निस्कन लागेका हुन् । भारत भ्रमणका क्रममा राष्ट्रपति मूनले नोएडामा खुलेका सामसङ कम्पनीको नयाँ स्मार्टफोन प्लान्टको अवलोकन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जनाएको छ । सो समयमा राष्ट्रपति मून र सामसङ इलोक्ट्रोनिक्सका भाइस चेयरमेन लि जे योङबीच भेटवार्ता हुने कार्यक्रम छ ।
विभिन्न कम्पनीका एक सय भन्दा बढि व्यापारी सहित मून भारत भ्रमण जान लागेका छन् । भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्च पदस्थ सरकारी अधिकारी र व्यापारीक समूहसँग भेटवार्ता हुने कार्यक्रम छ ।
प्रतिक्रियाहरू