प्रिय प्रितिको स्वच्छ पुस्प गुच्छा , प्रण प्यारी मुटु कि टुक्रा मुटु भरी को न्यानो माया अनि जनम जन्म सम्म लाई अनगिन्ती मायाका सौगात का साथ लाखौं लाख सुभेक्षा का लहर हरु तिम्रो लागि स्वीकार ल……. खै के भनु के लेखु लेख्ने मन त थियन तर नलेखी बस्न मनले मानेन त्येसैले लेख्दै छु अनर्थ नसोच्नु तिमी ले।।
हेर न सरु तिमी बाट टाढा भयको पनि बर्सौ भयछ आखिर के पाए मैले त्येतिका बर्ष मा जुन म सङ थियन जुन मैले पहुनु पर्ने थियो? अनि के पायौ तिमिले जुन तिमिलाई मैले दिन सकिन या दिन सक्थिन ? यहि प्रश्न ले झस्काइ रहन्छ घरी घारी …। प्यारी तिमिले त के सोचथेउ त्यो कहिल्लै थाहा भयन तर म एउटै कुरा सोच्द्थे, मायानै मायाले घेरुला तिमिलाई, मायानै मायाले बेरुला तिमिलाई , मायानै मायाले हसाउला तिमिलाई सोच्नु सोचेको थिय धेरै सोचेको थिय तर हेर त सानू आज केही पूरा भएन …। कुनै समय यस्तो पनि आएको थियो जति बेला तिमी सङग हासेर बोल्दा पनि मेरो लागि लाख हुन्थ्यो,
तिमि सङग एक पल छुटदा पनि पूरा दिन नै सुन्य लाग्थ्यो र तिमी लाई भन्ने गर्थे तिमि बिनाको जिन्दगी त म कल्पना पनि गर्न सक्दिन भनेर, तर बिचरा मलाइ के थाहा कल्पना बिनानै जीवन जिउन सकिन्छ भन्ने जसरी आज म जिहिरहेको छु तिमि बिना । हुन त कोहि बिना कोहि बाच्नै नसक्ने भन्ने पनि हुदैन र पनि जुन मान्छे लाई मन मुटु मा सजाईयको हुन्छ अनि उसैका निम्ति हजरौ सपना हरु सङगालीयको हुन्छ उ बिना को जीवन बाच्न बाचेर पनि क्षिन – क्षिन मा मरे तुल्य हुदोरहेछ मेरि सानू ।।
आखिर किन बुझन सकिनौ मेरो माया लाई आखिर के कमि थियो र काली म मा ?
सायद सक्थिन होला ठुला ठुला महल मा सजाई राख्न तिमिलाई तर सक्ने थिय प्यारि आजिवन मायाको अपार सागर भित्र डुबुल्काई मन कि रानी बनाई राख्न..
तर किन हो किन बुझ्न सकिनौ मेरो माया लाई . अझ भनौ बुझने कोशिश नै गरिनौ तिमिले ..खै किन होला सरु कोहि कोहि जिन्दगी मा यति बिध्न खास लग्ने अनि उस्कै याद ले मात्र सताइ रहने जुन याद को कुनै औचित्य नै छैन जुन आज मैले जियको जीवन मा आखिर किन भुल्ल सकि रहेको छैन तिमिलाई…? मलाई अलग्याएर तिमिले जुन निर्णय गरेउ सायद त्येस मा तिमि खुशी छेउ हौलि र खुसी पनि रहिरहनु तिमी।।।
गुनासो छैन केही तिमी सङ गुनासो त छ आज आफू सङै राजन किन यति धेरै माया गरिस सरुलाई किन उन्कै याद मा बिताईस यतिका बर्ष ? सरु आज किन तिमी मेरि हुन राजी भईनेउ भन्नू भन्दा पनि किन तिम्रो हुन लायक को भईन म भनी आफै लाई प्रश्न गर्न पर्ने हुन्छ
जवाफ :- सरु तिम्रो हुन लायक को मान्छे बन्ने प्रयास नगरेको काहा होर तर तिमी सङग को प्रयास मा म सधै बिफल मात्र भय।यस्तै हजारौं, लाखौं अनगिन्ती प्रयास हरु गर्दो हु गरिरहदो हु म त्येतिधेरै भाग्यमानी पनि त काहा भई रहन सकेर प्यारी।।
जे भयो सो भयो सरु जीवन आफ्नो हो तेसैले आफ्नै किसिम ले चाहेको जीवन जिउने अधिकार तिमिमा छ।।तिमिले चाहेको जीवन जिउदा असर म मा पर्छ त त्येसमा तिम्रो के दोष ।।,
तिमी बिना एउटा ले मर्छु भन्ला, ओर्कोले पागल हुन्छु भन्ला, अर्कोले हात काटेर देखाउला सबै को मन बुझाउन तिमिलाई पनि त सजिलो काहा थियो र है सरु
बुबा आमा ले रोजेको एउटा, आफुले खोजेको एउटा अनि आफुलाई चाहाने हजार क कस्को मन राख्ने तिमि ले।।। अत्ति गाह्रो है एउटा सुन्दर र समझदार नारी भएर बाच्न पनि तिमी लाई।।
सरु बाहिरी बनावट हेरेर कसैको मुल्यांकन गर्नु पनि आफैमा ठुलो मुर्खता रहेछ तिमी सङग को सम्बन्ध ले मेरो जीवन मा थुप्रै पाठ सिकाएको छ तेस्को लागि तिमिलाई धन्यवाद ।।
सरु जाबो २/४ दिन सङगै रहेर हसेर बोल्यौ भन्दैमा तिमी मेरिनौ हौ भन्ने ठान्नु यो कस्तो भ्रम, सानो कुरा लाई पनि ठुलो बनायर कति ठुलो भ्रम मा बाचेको हुन्छ है सरु बिचरा मान्छे …
सरु हिजोका दिन हरु मा तिम्रो मेरो मन मिल्थ्यो विचार मिल्थ्यो तर आज हेरत सरु तिमी काहा छेउ म काहा छु समयको चक्र संगै जिन्दगिलाई हामिले गर्ने परिभाषा पनि बेग्लै हुदोरहेछ।। जति सपना र कल्पना को दुनियामा रमाउन सजिलो छ उतिनै यथार्थ को धरातल मा बाच्न गाह्रो हुदोरहेछ ।।।
तिमी सङै एउतै मण्डब मा बसेर तिमी सङै हासी हासी तिम्रो सिउदो रङ्गगायर आजिवन हासी खुशी सङगै बाच्ने मेरा चाहाना मेरा सपना आज कुन मरुभूमि मा पौडी खैल्दै छ्न थाहा छैन म भने अझै तिम्रै याद मा बाचिरहेको छु प्रिय ।। घरी घरी एउटै कुराले सताउछ सबैको मन जित्न सक्ने ,सबैलाई हसाउन जान्ने, सबैलाई खुसी बनाउन जान्ने मेरि सरु ले यो लुरे केटो जो मेरा लागि मरि हत्य गर्छ म बिना उस्को जिवन कस्तो होला भनेर किन जान्न नसकेकी होलि…..????
सरु म हिजो जस्तो थिए आज पनि उस्तै छु तन उस्तै छ मन उस्तै छ फेरिए त जीवन का मोड हरु फेरिय म हिड्ने गोरेटो का रङ्ग हरु फेरिय र पनि आँसु बग्ने गोरेटो का रङ्ग उस्तै छ सपना का गन्तव्य हरु फेरिय तर सपना हरु उस्तै छ्न सबै अधुरा अनि अपुरा मात्र
सरु तिम्रो जत्ती को माया सबै को नलागे पनि तर माया प्राय सबै को लाग्छ।मलाई निर्जीव सामान्य बस्तु को पनि माया जागेर आउँछ ।यो सब सुनेर पागल भयछ पनि नभन्नु पागल हुन पति तेत्ती सजिलो काहा हरेछ र प्रेम को गहिराई मा डुब्नु पर्दो रहेछ। भनेको थिय तिमी सङै हसेको ठुलो तस्बिर खिची घर को भित्ता मा टासि सजाउने छु…. तर सरु तिम्रो तस्बिर मेरो घर को भित्ता मा सजाउनु भन्दा पहिले नै तिमी अर्कै को मा सजिन पुग्यौ र पनि सरु तिम्रो तस्बिर मेरो घर को भित्ता मा सजाउन आज म नसके पनि यो मन भित्र टासियकी सजियकी तिमिलाई कहिल्लै हटाउन सक्ने छैन मेरो जीवन रहे सम्म।।
सरु सुनाउने हरु सुनाउछ्न जीवन मा कहिले काहीँ सोच्दै नसोचेका खुशी हरु पनि पलाउन सक्छ्न अरे खै सरु मेरो जीवन मा पनि तेस्तै खुशी का दिन हरु पलाउलान या नपलाउलान त्यो त भोलि का दिन ले नै बताउला।। यी सब पढेर कस्तो नामर्द मान्छे कस्तो निरासा बादी लेख भनेर चित्त नदुखाउनु यो पनि मेरै भाग्य को काहानी हो जुन तिमी सङग जोडीयको थियो।। सरु आज तिमी सङग एउटा बिन्ती छ यो बोलचाल बिनाको आज को हाम्रो सम्बन्ध मा सक्छेउ भने मलाई बिर्सी दिनु।।पर्दैन सरु बर्स दिन मा एकपटक त्यो पनि facebook को information मा messenger मा गहि birthday wish गर्न Happy birthday भनेर प्यारी Happy हुनलाई पनि तेस्तै मन चाहिदो रहेछ जुन मन आज म मा छैन।।।
उहि तिमिलाई माया गर्ने
नोट :- सानु र सरु भनी सम्बोधन गरिरहदा आज त्यो सरु तिमि नहुन पनि सक्छेउ।।।।।
अर्जुन घिमिरे कोरिया