केहि समय देखि भ्रष्ट्राचारको छानबिनमा परेका कोरिया जस्टिक पार्टीका संसदीय दलका नेता रो होए चनले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् l कोरियन समाचार एजेन्सीका अनुसार ” मिस्टर क्लिन” उपनामले चिनिने उनलाई ५ करोड घुस लिएको आरोपमा छानबिन चलिरेको थियो l
सोमबार राजधनी सोल नजिकै रहेको नाम्सान टाउन अपार्ट को १३ औं तल्ला बाट हामफालेका उनलाई प्रहरीले उनको साथमा रहेको आइडी कार्डको आधारमा पत्ता लगाएको थियो l उनको घटना स्थलमै मृत्यु भएको थियो l उनको साथ बाट प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ l
नेता रो लाइ सन् २०१६मा राजनीति पावरको दुरुपयोग गरि ५ मिलियन कोरियन वन अर्थात ४४ हजार ३ सय अमेरिकी डलर भ्रष्ट्राचार गरेको आरोप छ l उनि एक दीन आगी मात्र अमेरिका बाट फर्किएका थिए l
प्रतिक्रियाहरू