कोरियामा निरन्तर रुपमा सामाजिक काम गर्दै आइरहेको गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले यहि आउदो अगस्ट ५ तारिखका दिन संस्थाको छैठौ अधिबेशन गर्ने भएको छ l
समितिको गत हप्ता बसेको बैठकले उक्त निर्णय गर्दै थप कुशल र सक्षम नेतृत्व चयन को लागी आयोजना हुने अधिबेशन लाइ सफल बनाउन सम्पूर्ण गुल्मेली हरुलाई आब्हान गरेको छ l
कार्यक्रममा गत सलनालमा आयोजना भएको रेसुंगा सांस्कृतिक झलक भाग ३ को सम्पूर्ण हिसाब किताब समेत पेस गरिने आर्थिक संयोजक टमलाल आर्यालले बताए l
आगामी छुसकमा गुल्मी सम्पर्क समितिको आयोजनामा भलिबल कार्यक्रम रहेकोले केहि कठिनाइका बाबजुत पनि अधिबेशन लाइ केहि अगाडी सार्नु परेको समेत संस्थाले बताएको छ l
कार्यक्रमलाइ भब्य र सभ्य रुपले सम्पन्न गर्नको निमित्त कोरियामा रहनु हुने सम्पूर्ण गुल्मेली दाजुभाई तथा दिदि बहिनि हरु ,बुद्दिजीवी ,पत्रकार तथा संघ संस्थाका प्रतिनिधि हरुलाई उपस्थितिको लागि संस्थाले हार्दिक अनुरोध समेत गरेको छ l
कार्यक्रम बारे थप जानकारी
स्थान – नेपाल हाउस ,सउल
समय – दिउसो ११ बजे देखि
मिति – ५ अगस्ट २०१८ ,आइतबार