आर डी. धनुश रानामगर –
आनन्द आफै भित्र छ भौतारिन्छ खोज्दै बाहिर।
यो नि मेरै त्यो नि आफ्नै पाए जती रोज्दै बाहिर ।।
भा को चिजमा सन्तुस्ट छैन उ गुनासो बाड्दै छ।
अस्थिर मन छट्पटीमै न भा को सोच्दै बाहिर।।
मनै बसमा नभए पछी दोस देख्छ अरुमा ।
गल्ती छ उसैको हिड्छ अरुलाई घोच्दै बाहिर ।।
नराम्रो चिज फाल्ने सहासै छैन लोभले गर्दा।
बिकारले भर्दै मन खट्छ अझै कोच्दै बाहिर ।।
आनन्दको रस्सस्वाद तीमी भित्रै छ चाखी हेर।
भित्रै डुब्नु ,मील्दैन मीठास नीचोड्दै बाहीर।।
(नवलपुर )
द कोरीया -हाल
प्रतिक्रियाहरू