नेपाल मगर संघ कोरियाको छुसक धमाकाका कलाकारको टुंगो लाग्यो ,नेपालका बिसेष ख्याती प्राप्त कलाकार हरु कोरिया आउदै

5521

नेपाल मगर संघ गणतन्त्र कोरियाले आगामी छुसक २०१८ सेप्टेम्बर २४ तारिख सौलमा आयोजना गर्ने छुसक सांगीतिक धमका २०१८ का लागी नेपालका सुपरहित कलाकारहरुलाइ छनौट गरेकोछ।

“नेपाली कला संस्कृति हाम्रो पहिचान, सामाजिक कार्यमा निरन्तरता हाम्रो अभियान” भन्ने मुल नारा रआफ्नो मौलिक भाषा , संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न तथा मगर संघले कोरियामा संचालन गरेको सेल्टरको निरन्तर ब्यवस्थापन गर्ने मुल उद्देश्य राखेर मगर संघ कोरियाले छुसक सांगीतिक धमका २०१८ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।

मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार संघले छनौट गरेका नेपालका ख्याति प्राप्त कलाकारहरु निम्न अनुसार रहेका छन्।

१चर्चित डान्सर -तेरिया मगर ( डी आइ डी लिटल मास्टर बिजेता / झलक दिखा जा बिजेता)
२ चर्चित हास्य सम्रात- सन्दिप क्षेत्री
३ चर्चित भर्सस्टाईल गायक -सागर आले ( नेपाल आइडल टप ४)
४ चर्चित भर्साटाइल पप आधुनिक गायिका मिना निरौला-( ठमेल बजार, काले दाई, रुपै मोहनी)
५ बहुचर्चित आधुनिक तथा सुफि गायक- हेमन्त राना
६ बहु चर्चित लोक गायिका- शान्ति श्री परियार (बोल माया)

चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको जोडदार प्रस्तुति रहने कार्यक्रमको हल भने सौल स्थित खाङवन्डो थेहाक्योको  सुबिधा सम्पन्न हलमा हुने सचिवालय संयोजक अप्त पुनले जनाएका छन्। १ नं. ट्रेन लाइन खाङवन्डो स्टेशनबाट ५ मिनेट पैदलमा जान सकिनेछ।

प्रतिक्रियाहरू