रिदम लाइभ कन्सर्ट-२०१८ मा नेपालका चर्चित कलाकारहरु कोरिया आउदै

4825

यम श्रेष्ठ-

“प्रवाशी नेपाली एकता,आजको आवश्यकता! सामाजिक सेवामा हाम्रो सामुहिक  प्रतिबद्धता ! ” भन्ने मुख्य नारा सहित कोरियाको महान पर्व छुसकको अवसर पारेर यहीँ आँउदो (september 24-2018) तारिखको दिनमा नेपाली समुदाय तथा एन. सि. सि. संस्थाको कार्यक्रम बिभाजनमा छलफल र सहमति पश्चात  सर्वसम्मत अनुमति प्राप्त गरि कोरियामा गठीत प्रदेश न. ३ भित्रका दुबै जिल्लाको एकता र संयुक्त प्रयासमा कोरियामा  पहिलो पटक आकर्षक उत्कृष्ट चर्चित कलाकारहरुको साथमा नौलो मनोरञ्जनात्मक साँगितिक माहोलमा धादिङ समाज तथा काभ्रे सम्पर्क समितीको संयुक्त आयोजनामा  सदाबहार युवा पुस्ताको  लोकप्रिय  चर्चित ब्याण्ड तथा अहिले चर्चाको शिखर चुमिरहेका ,  यु-ट्युब तथा सामाजिक संजालमा भाइरल भइरहेका चर्चित कोरियामा पहिलोपटक प्रस्तुति पस्कने  विभिन्न बिधाको लोकप्रिय चर्चित कलाकारहरुको साथमा बेजाेड प्रस्तुति सहित (“रिदम लाइभ कन्सर्ट & सांगितिक  धमाका २०१८ सियोल )  नामक कार्यक्रम हुन गइरहेको कार्यक्रम संयोजक सन्तोष अधिकारीले जानकारी गराउनु भएको छ!
अन्तर्राष्ट्रिय स्तरको  सम्पुर्ण सुबिधा सम्पन्न YES24 LIVE HALL (गत सलनालमा बिपुल क्षेत्रीको कन्सर्ट गरेको हल) मा ख्याती प्राप्त  कलाकारहरुको बेजोड प्रस्तुति  रहने छ । यस म्युजिकल लाइभ कन्सर्टमा धुम मच्चाउन सदाबहार लोकप्रिय गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्ड बिश्वभर नेपालीपन र नेपाली गित संगितमा बिश्वलाइ नचाउन र चिनाउन साँगितिक यात्रामा निस्कनु भएको छ।यहि क्रममा कोरियामा पनि यस ब्याण्डलाई निमन्त्रणा गरेर कार्यक्रम गर्ने अवसर मिलेको आयोजक संस्थाका प्रतिनिधिहरुले जानकारी गराउनु भयो। बिभिन्न बिधाका समाबेशी तवरमा छनौट गरिएका अन्य चर्चित कलाकारहरुमा चर्चीत लोकदोहोरी गायिका बबिता बाँनिया (जेरि ), नव उदयमान चर्चीत गायिका पुर्णिामा लामा , मोडल तथा हट डान्सर अञ्जली अधिकारी, मोडल तथा चर्चित  कलाकार   रक्षा श्रेष्ठ , चर्चित हाँस्य  कलाकार तथा उद्घाघोषक  राजा राजेन्द्र पोखरेल सहितको लोकप्रिय कलाकारहरुको जम्बो टोलि कार्यक्रममा छनौट तथा निमन्त्रणा गरेको कार्यक्रम संयोजक सिताराम तिमिल्सिनाले बताउनु भयो|
यस सांस्कृतिक कार्यक्रमको प्रमुख उदेश्य भनेको   उपस्थित  दर्शकहरुलाई  भरपुर मनोरञ्जन दिनुका साथै  उक्त कार्यक्रमबाट संकलन सहयोग रकम दुबै आयोजक संस्था को जिल्लाको विकट र एम्बुलेन्स अभाव रहेको ठाँउमा एम्बुलेन्स सहयोग गरिने उदेश्य ले कार्यक्रम आयोजना गरिएको छ।एम्बुलेन्स अभावमा बिरामिलाइ समयमा नै  हस्पिटल पुर्याउन नसक्दा धेरैको ज्यान गएको दु:खद खबर बेला बेलामा हामिले सुन्दै र भोग्दै आएका छौ ।स्वास्थ्य क्षेत्रको यहि समस्या र अभाबलाइ मध्येनजर गर्दै र प्रवाशमा रहेर पनि आफ्नो माटाेको लागि केही योगदान पुर्याउने हेतुले दुबै क्षेत्रको विकट गाउँ/ भेगमा   एम्बुलेन्स सहयोग गर्ने पबित्र उदेश्य बोकेर आयोजना गर्न लागिएको  यस मनोरञ्जनात्मक परोपकारी कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन आ- आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग पुर्याइदिन हुन  कोरियामा रहनु भएका नेपाली समुदाय ,संघ संस्था, पत्रकार, समाजसेवी, अग्रज, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी तथा विभिन्न भिसामा रोजगारको शिलशिलामा रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा आयोजक संस्थाले अपिल गरिएको छ । साथै यस दिन छुसक कार्यक्रम बाँडफाँडबाट सहमतिमा कार्यक्रम गर्न अनुमती पाएका संस्था बाहेक अन्य संघ संस्था र समुहले अन्य कार्यक्रम नजुधाइ दिन हुन पनि आयोजक दुबै संस्थाले अनुरोध गरिएको छ। १०१ सदस्यीय कार्यक्रम मुल आयोजक कमिटि गठन गरि सचिवालय तथा विभिन्न उप समितीहरु गठन /निर्माण गरि कार्य बिभाजन गरेर कार्यक्रमको तयारी द्रुत गतिमा ब्यबस्थित रुपमा अघि बढेको कुरा कार्यक्रम सचिवालय सचिब राजेन्द्र दुलालले बताउनु भयो।

प्रतिक्रियाहरू