गुल्मी सम्पर्क समिति दक्षिण कोरियामा नया नेतृत्व , रानाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन

4947

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको छैठौं अधिबेशन सम्पन्न भएको छ l कोरियाको राजधानी सउल स्थित नेपाल हाउसमा आइताबार सम्पन्न उक्त अधिबेशन बाट संस्थाका निबर्तमान बरिष्ट उपाध्यक्ष चन्द्र रानाको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति गठन भएको छ l
उल्लेखनीय गुल्मेली  तथा नेपाली संघ संस्थाका प्रतिनिधि हरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा एक आर एन कोरियाकि अध्यक्ष लक्ष्मी लामा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो l
त्यस्तै एनसीसी कोरियाका महासचिब निर्मल बेल्बासेले निर्बाचन मण्डलीको संयोजकत्वको भूमिका खेलेका थिए l

हाल नव गठिक कार्य समिति यसप्रकार छ l
अध्यक्ष्य – चन्द्र राना
उपाध्यक्ष- १) गणेश पौडेल २)रमेश ज्ञवाली
सचिव-टीकाराम पन्थी
सह/सचिव-शंकर पाण्डेय
कोषाध्यक्ष-ऋषि पाण्डेय
सदस्यहरू
१)शूरेश ढकाल
२)टंक राना
यसैगरि नवगठित कार्यसमितिले रिक्त रहेका महिला सदस्य पद तथा नया पदाधिकारी हरु आबस्यकता अनुसार पुरा गर्दै जाने बताइएको छ l

प्रतिक्रियाहरू