नेपालका चर्चित कलाकारको साथमा कोरियामा तीज धमाका हुने

3776

समस्त नारिजाती हरुको पर्ब हरितालिका तीज नजिकिदै गर्दा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा तीज बिसेष तथा दर खाने कार्यक्रम हुने भएको छ l कोरियाको राजधानी सिओलको  ट्रेन लाइन नम्बर ६ को   보문 स्टेसन गेट न ३ नजिकै रहेको  हलमा आयोजना हुने उक्त कार्यक्रममा नेपाल बाट चर्चित कलाकार कोरिया आउने आजोजक कमिटि गुल्मी सम्पर्क समितिले जनाएको छ l

कार्यक्रमको लागि नेपाल बाट चर्चित लोक दोहोरि गायिका ऋतु थापा तथा लोक दोहोरि गायक रामचन्द्र चन्दलाइ कोरिया बोलाउने तयारि भएको बताइएको छ l साथमा स्थानीय कलाकार कृष्ण पाण्डे क्षेत्रि ,समिर बिष्णु ,गणेश सलाम तथा गंगा लोहनी समेत बिजोड प्रस्तुति रहने छ l

यस अघि गत सलनालमा पनि नेपालका बिसेष ख्याती प्राप्त कलाकार हरुको उपस्थितिमा रेसुंगा संस्कृतिक झलक भाग ३ को आयोजना गरि भब्य रुपामा सफलता हासिल गरेको सम्पर्क समितिले हरेक बर्ष तीजको अवसर पारेर बिबिध सांस्कृतिक कार्यक्रम तथा प्रवासमा रहेका महिला दिदीबहिनी हरुलाई दर खुवाउने कार्यक्रम गर्दै आएको छ l

कार्यक्रम लाइ सभ्य र भब्य रुपले सफल पार्नको निमित्त कोरियामा रहनु हुने सम्पूर्ण गुल्मेली दाजुभाई ,तथा दिदि बहिनि हरु ,संघ संस्थामा आबद्व ब्याक्तित्व हरु ,पत्रकार ,बुद्दिजीवी वर्ग तथा समस्त कोरिया वासी नेपाली हरुलाई उपस्थितिको लागि आयोजक कमिटीले हार्दिक अनुरोध समेत गरेको छ l

कार्यक्रम बारे थप जानकरी –

स्थान -ट्रेन लाइन नम्बर ६ को   보문 स्टेसन गेट न ३ नजिकै ,दोंग्देमुनको गेट नम्बर ३ बाट १०२ ,१५३ ,१४२ नम्बर बस चढेर पनि पुग्न सकिने l
मिति – सेक्टेम्बर ९ २०१८
समय दिउसो ठिक १२ बजे देखि

प्रतिक्रियाहरू