बुधबार राति देखि कोरियाको दक्षिणी क्षेत्र हुदै भित्रिएको सौलिक नामक आँधिबेरीले शुक्रबार बिहान कोरियाको राजधानी सियोल ,ख्यान्गीदो प्रान्त तथा त्यसका आसपासक क्षेत्रमा क्षति पुर्याउन सक्ने मौसम विभागको अनुमान छ l
कोरिया मेट्रोलोजिकल एड्मिनिस्टे्रसन केएमएका अनुसार ३ सय २० किलोमिटर गतिको हावाको बाहाब सहित सियोल तथा आसपासका क्षेत्रमा सुक्रबार बिहान भिषण वर्षा हुने अनुमान गरिएको छ l आँधिबेरी राजधानी सियोल हुदै पुर्बी क्षेत्र तर्फ जाने समेत अनुमान छ l
सियोल तथा ख्यांगी स्थानीय प्रसासनले आँधिबेरी बाट हुने सम्भावित क्षतिलाइ न्यूनीकरण गर्न थप सजकता अपनाउने जनाएको छ l सुक्रबार बन्दरगाह तथा हवाईसेवा हरु केहि समयको लागि बन्द गरिने जनाएको छ l त्यस्तै बिद्यालय तथा अन्य केहि सार्बजनिक सेवा पनि भोलिको लागि बन्द रहने बताएको छ l
त्यस्तै राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको बैठमा २ दिन को लागि राष्ट्रव्यापी संकटकालको घोषणा गर्दै थप सजकाता अपनाउन सम्पूर्ण नागरिक हरुमा अनुरोध गरेका छन् l सम्भावित खतरा लाइ मध्यनजर गर्दै सुरक्षाकर्मिलाइ तैनाथ रहन पनि निर्देशन दिएका छन् l त्यस्तै उनले निजि क्षेत्रका कम्पनि हरुलाई पनि भोलिको दिनलाई कार्यतालिका परिबर्तन गर्न समेत अनुरोध गरेका छन् l
त्यस्तै बुधाबार राति देखि जेजु आइल्याण्डमा आएको आँधिबेरीका कारण एकजना बेपत्ता भएको तथा एकजना घाइते भएको बताइएको छ l पुर्व सजकताका कारण मानबिय क्षति धेरै नभएपनि ६ हजार भन्दा धेरै घरहरु प्रभावित भएका छन् l सयौं रुख हरु ढलेका छन् भने बिजुलीका पोल हरु ढलेर यत्रतत्र छरिएको जनाइएको छ l