सुविधा सम्पन्न अन्तर्राष्ट्रिय हल एस 24 लाइभ कन्सर्ट हलमा करिब ३ हजार दर्शक उतार्ने आयोजक संस्थाको तयारी गरीरहेको छ । कन्सर्टमा सदाबहार चर्चित पप गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डलाई आमन्त्रण गरिएको छ। बिश्व साँगितिक यात्रामा रहेका ब्यान्ड को युरोप, अमेरिका, यु के, अस्ट्रेलिया, हङकङ, मकाउ जापान , दुबई , कोरिया लगाएत अन्य देशहरुको विभिन्न शहरहरुमा कार्यक्रम आयोजना हुँदैछ। चर्चित ब्यान्ड संगै अहिलेको जल्दाबल्दा चर्चित विभिन्न बिधाका कलाकारहरू राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी,रक्षा श्रेष्ठ, बबिता बानियाँ जेरि, पुर्णिमा लामा लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
आयोजकले लाईभ कन्सर्टको लागि भब्य तयारी गरीरहेको बताउँदै सो हलमा फुल एअर कन्डिसन, लाईटिंग र अत्याधुनिक साउण्ड सिस्टम र सुरक्षा व्यवस्था रहेको जनाएको छ । कोरियन तथा विश्व बिख्यात कलाकारहरुले प्रस्तुती दिएको हलमा नेपाली दर्शकहरुले रिदम लाईभ कन्सर्ट हेर्न पाउने भएका हुन् । कार्यक्रमको शोभा बढाउन सो कार्यक्रममा नेपालबाट अहिलेको लोकप्रिय ब्यक्तित्वहरुलाइ पनि बिशेष अतिथिको रूपमा आमन्त्रण गर्न लागिएको जानकारी प्राप्त भएको छ। फुल प्याकेजको साँगेतिक मनोरञ्जन सहित पबित्र सामाजिक कार्य गर्ने अवसर रहेको, कामले थकित शरीर र मस्तिष्कलाई पनि स्फुर्ति बढाउन भरपुर मदत गर्ने, कार्यक्रम भब्य बनाउन कुनै कसुर बाँकी नराख्ने र कार्यक्रम तयारीमा जुझारु सामाजिक अभियन्ताहरु तिब्र रुपमा लागिपरेको कार्यक्रम संयोजक द्वय धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारी तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले बताउनु भएको छ।