अज्ञानता वस शत्रुलाई आफ्नो ठानी रहेछु।
बैरी रहेछ अबुझ म आफन्त भनि रहेछु।।
बाराबरिमा नि लग्थ्यो उसलाई अन्याय होला ।
भाग पुर्याउन बेकार हिसाब गनी रहेछु ।।
हो आफ्नै हो ऊ पराइ थिदै थिएन मन बोल्थ्यो
दुस्मन रहेछ अाज सम्म मेरै मानी रहेछु ।।
चारै तीर बाट गीडी रहदा नी सहेरै बसें।
सबै बुझें फोकटको नातेदार बनी रहेछु।।
रगत ले नजिकको गर्ब लाग्थ्यो फलाना भन्दा।
भुल गरें बारी छोडी आगानको छानी रहेछु ।।
प्रतिक्रियाहरू