कोरियाको राजधानी सियोलमा मंगलबार राति देखि परेको अविरल वर्षा पछी आएको बाढीका कारण एकजनाको मृत्यु भएको छ l अत्यधिक बर्षा पछी बढीमा फसेका केहि गाडीहरुलाई उद्वार गरिएको छ भने डुबेका केहि व्यक्तिहरुलाई उद्वार गरि अस्पताल पठाइएको सियोल नगर प्रहरीले जनाएको छ l
गएराती राजधानी सियोलमा मात्र ७५ मिलिलिटर सम्म पानी परेको थियो l त्यस्तै जुङ्नो जिल्लामा १२४ .५ मिलिलिटर सम्म वर्षा भएको थियो भने सबैभन्दा धेरै खाङ्गवन क्षेत्रमा ३६४.५ मिलिमिटर सम्म बर्षा भएको छ l
भारि बर्षाको साथमा चट्यांङ् पर्दा जनजीवन त्रासमय बनेको बताइएको छ l बाढी प्रभावित क्षेत्रमा तुरुन्तै उद्वार टोलि खटाइएकोले थेरै ठुलो अप्रिय घटना हुनबाट बचेको छ भने उत्तरी क्षेत्रमा रेलमार्ग समेत प्रभवित भएका छन् l
बर्षाका कारण हाल सम्म ६१ जना घाइते भएका छन् भने ७६४ घर हरु डुबानमा परेको गृह मन्त्रालयले जनाएको छ l
सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रसासनले सियोल इन्छन तथा ख्यंगी क्षेत्रका ठुला राष्ट्रिय निकुन्ज ,बाढी सम्भावित पुल तथा सुरुङ मार्गहरु समेत केहि दिनका लागि बन्द गरिएको बताएको छ l