दक्षिण कोरियाका राष्ट्रपतिले चुने उत्तर जाने विशेष दूत

1694

दक्षिण कोरियाले आगामी बुधवार उच्च सुरक्षा सल्लाहकारलाई विशेष दूतका रुपमा उत्तर कोरिया पठाउने भएको छ । राष्ट्रपतिको राष्ट्रिय सुरक्षा कार्यलयका प्रमुख छङ वी योङ नेतृत्वको पाँच सदस्यीय प्रतिनिधीमण्डललाई प्योङयाङ पठाउने तयारी भएको दक्षिण कोरियाको राष्ट्रपति कार्यलयलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमहरुलाई जनाएका छन् । विशेष दूतले दुइ मुलुकका राष्ट्रप्रमूख बीच हुने शिखर वार्ताको तयारी, आणविक निशस्त्रीकरण लगायतका विषयमा छलफल गर्ने बताइएको छ । दक्षिण कोरियाका राष्ट्रपति मून जे इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोश्रो शिखर वार्ता प्योङयाङमा गर्ने यस अघिको शिखर वार्तामा सहमती भएको थियो । प्योङयाङ शिखर वार्तामा मुन पुगेमा एघार वर्ष पछि उत्तर कोरिया जाने दक्षिण कोरियामा पहिलो राष्ट्रपति हुने छन् ।
मून राष्ट्रपति भएपछि चुनावी प्रतिबद्धता अनुरुप उत्तर कोरियासँग सम्बन्ध सुदृढ हुदै आएको छ भने तनाब पनि मत्थर भएको छ ।

 

प्रतिक्रियाहरू