मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले सेप्टेम्बर 24मा कार्यक्रम गर्दै

1857
कोरियाको दोस्रो ठूलो चाडको अबसर पारेर सेप्टेम्बर 24 का दिनमा नेपाल मुक्तक प्रतिष्ठान काेरिया  शाखाले  सौल स्थित नेपाल हाउसमा बृहत रचना वाचन तथा श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।
यस कार्यक्रममा बिशेष गरेर कोरीयामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका सर्जकहरुले आ-आफ्ना रचना वाचन गर्नेछन  प्रतिष्ठान कोरिया शाखाले यस अगाडि पनि थुप्रै कार्यक्रमहरु गर्दै आएको छ भने आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमहरुलाई  निरन्तरता दिने अध्यक्ष राम्चन्द्र शर्माले  बताउनुभयो
लुकेको प्रतिभालाई प्रस्फुटन गराउने ,श्रष्टाहरुको मनोबल बढाउने,साहित्यमा लाग्न थप उर्जा प्रदान गर्ने, सिर्जनशीलता मा वृद्धि गर्ने तथा  नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न  परदेशबाट टेवा पुर्याउने लक्ष्य राखेको कार्यक्रम संयाेजक जनक सन्यालले बताउनु भयो
यसै अबसरमा कोरियामा रहेर नेपाली मुक्तकमा  निरन्तर योगदान पुर्याउदै आउनुभएका ३ जना श्रष्टा सन्तोष अम्गाईं ,  डीआर न्यौपाने ‘सूर्य’  संजय घिमिरे ज्यूलाई  सम्मान कार्यक्रम  तथा अन्य साँस्कृतिक कार्यक्रम लगायत सस्थाले सम्पूर्ण सस्थाका सदस्य ज्यूहरूलाई सदस्यता पत्र पनि वितरण गर्ने भएको हुँदा कार्यक्रम भव्य र सभ्य रूपले सफल पार्नको निमित्त कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछाैँ ।
अध्यक्ष  : रामचन्द्र शर्मा
010 59439859
महासचिव : भोजराज घोडासैनी
01067458557
कार्यक्रम संयाेजक : जनक सन्याल
01057369410

 

प्रतिक्रियाहरू