छुसकमा आयोजित कार्यक्रम हरु सफल पारिदिनुहुन एनसीसी कोरियाको अनुरोध

3279

कोरियामा  रहेको सम्पूर्ण सङ्घ संस्थाहरूको छाता संस्था एनसीसी सन् 1993 मा स्थापित भएको हो।जून एकमात्र पुरानो सामाजिक संस्था हो ।यसको आफ्नै छुट्टै ऐतिहास र गौरवगाथा बोकेको छ कोरियामा रहेका नेपालीहरु र नेपालमा रहेका नेपालीहरुमा आइपर्ने महासंकट र समस्याहरु माथि सधै सहयोग गर्ने विभिन्न बाधा व्यवधानहरु सँग सामना गर्दै आफ्नो सामाजिक कार्यलाई आजका मितिसम्म अनवरत रुपमा चलिरहेको छ कोरियाली भूमिमा एनसीसीले नेपाली समुदाय र विभिन्न संघसंस्थाहरु माझ छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।यसको प्रमुख कारण हरुमध्ये विभिन्न सामाजिक गतिविधि क्रियाकलाप कार्यक्रम बाँडफाँड हरू रहेकाछन। जसलाई सदाका जस्तै निरन्तर रुपमा अगाडि बढ्दै आएको छ ।यसको जगमा बसेर निश्चित मापदण्ड र निर्दिष्ट विधि आफ्नो विधानमा राखेर विभिन्न संघसंस्थाहरुले कार्यक्रम गर्न पाउ भनि निबेदन बुझाई प्रक्रियागतरुपमा कार्यक्रम गर्न पाउने अधिकार सुनिश्चित गर्दछन् जसअनुरूप  जून 24 तारिख को दिन एक भव्य सभ्य र ऐतिहासिक कार्यक्रम गरी निष्पक्ष विवादरहित रुपमा कार्यक्रम बाँडफाँड  सम्पन्न गरेको छ। जसमा तीन वटा संस्थाहरुले आउदो छूसक को लागी छनोट भई कार्यक्रम गर्न पाउने अनुमति र अधिकार पाएका छन् जसमध्ये
1 राप्ती समाज  दक्षिण कोरिया
2 नेपाल मगर संघ  दक्षिण कोरिया
3 काभ्रे  तथा धादिङ सम्पर्क समिति  दक्षिण कोरिया (संयुक्त )
रहेका छन् ।यी तीनवटा सांस्कृतिक कार्यक्रमहरुलाई भव्यरुपमा सफल पार्नको लागि कोरियामा रहनुहुने सम्पूर्ण व्यापारी बुद्धिजीवी विद्यार्थी पत्रकार साथै सम्पूर्ण लाई नेपाली सम्पर्क समिति अध्यक्ष अञ्जु केसी लगायत उहाँको सम्पूर्ण टिमले हार्दिक अनुरोध गरेको छ साथै आउदै गरेको कोरिया चाड छूसकको अबसर मा सम्पूर्णमा  हार्दिक शुभकाना  ब्यक्त गर्दछौ NCC परिवार

प्रतिक्रियाहरू