राप्ती सांगीतिक सौगात भाग ३का कलाकार हरु कोरिया आइपुगे ,भोलि कोरियाको माहोल बिसेष तात्ने

3265
कोरियालीहरुको महान चाड छुसकको अवसर पारेर राप्ती समाज दक्षिण कोरियाले भोली सेप्टेम्वर २३ तारिखमा “राप्ती सांगीतिक सौगात भाग ३ “ गर्ने भएको छ । बिशुद्ध सामाजिक सेवामा समर्पित अक्षयकोष सहयोगार्थ समाजले सो कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमलाई भब्य बनाउन थुप्रै ख्याती प्राप्त कलाकारहरु आज कोरिया आइसकेका छन ।
बलिउडमा एउटा छुट्टै डान्स फर्म “शुसान्त स्टाइल” दर्ता गराएर नेपाल र नेपालीकाे शिर ठाडाे पार्न सफल  शुसान्त खत्री, संगीतकार तथा कलाकार प्रमाेद खरेल,नेपाली रङ्गमञ्चकाे क्षेत्रकाे एउटा चर्चित अभिनेता, हाँस्यकलाकार बुद्धि तामाङ (हैट्) , नेपाल अाइडल सिजन १ कि टप ९ बिजेता तथा उदीयमान गायिका सन्ध्या जाेसी,
माेडल, नायिका, कुशल नृत्याङ्गना साथै हाँस्यकलाकार रजनि गुरुङ  र चर्चित लाेक दाेहाेरि गायिका भुमिका गिरी यही सेप्टेम्वर २२ तारिख कोरिया आईसक्नु भएको समाजका सचिव ओमलाल ओलीले बताँउनुभयो ।
त्यसैगरि, कोरियाको महान चाड छुसकको अवसरमा गर्न लागिएको साँङ्गितिक कार्यक्रममा स्थानिय कलाकार रमिला गौतम , लोकेन्द्र चन्द तथा भक्त राज भट्टको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
दक्षिण कोरियाको सौल स्थित टुङ्देमुन नजिकैको जुङगु कुमिन हेग्वान डुट्टा पछाडी एन आर एन ए कोरियाको चुनाव भएको हलमा कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । बिशुद्ध सामाजिक सेवामा गर्न लागेको कार्यक्रममा समाजले प्रती ब्यक्ती सहयोग रकम (टिकट मुल्य) २५०००/- (पचिस हजार वोन ) तोकेको छ भने कार्यक्रम सुरु समय दिनको १ बजे राखेको छ ।
हामी जहाँ भए पनि हाम्रो एउटै बिशेषता
रचनात्मक संमृद्द कामको लागी राप्ती समाजको एकता !!
भन्ने मुल नाराका साथ गर्न लागिएको सांगितिक कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न समाजले कोरियामा बिभिन्न क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली , संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसायी ,पत्रकार,समाजसेवी, बिद्धार्थी तथा सम्पूर्णलाई  उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

नोट : टिकटको लागी सम्प र्क ब्यक्तीहरु
सुक बहादुर थापा : ०१०-९७२४-७३१३
बिर कुमार ओली : ०१०-६४६४-७९५६
ओमलाल  ओली :०१०-५४६८-०२२७

प्रतिक्रियाहरू