नेपाल पत्रकार महासंघ कोरियाको अध्यक्षमा कुँवर निर्वाचित

3842

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्षमा रञ्जन कुँवर निर्वाचित भएका छन् । नेतृत्वमा सर्वसम्मत् जुट्न नसकेपछि भएको निर्वाचनमा सन्दिप पाण्डेलाई हराउदै कुँवर चयन भएका हुन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा किसन गौतम, , उपाध्यक्षमा रेश्मा राई र दुर्लभ पोखरेल, कोषाध्यक्षमा बबिता ओली क्षेत्री, महासचिवमा मिन बिके, सचिवमा निकुञ्ज तिवारी र केशब पोखरेल र सदस्यमा कृष्ण शर्मा, सविना कार्की, हरि अधिकारी, कृष्ण प्रसाद न्यौपाने, गुरुदत्त न्यौपाने, बामदेव देवकोटा निर्वाचित भएका छन् । त्यसैगरी अधिवेशनले खेम कार्की, डम्बर सुब्बा, किशोर कोइराला र यम श्रीस मगरलाई केन्द्रीय पार्षदमा चयन गरेको छ । अधिवेशनको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य रहनु भएको थियो ।

प्रतिक्रियाहरू