कोरियाको राजधानी सउलमा लुम्विनी आवास गृह सञ्चालन

1962

अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले राजधानी सउलमा लुम्विनी आवास गृह सञ्चालनमा ल्याएको छ । काम छोडेर बसेका नेपालीहरुलाई आवासको सुविधा पुगोस भन्ने हेतुले तीन जना सम्म बस्न मिल्ने आवास गृह आईतबारबाट सञ्चालनमा ल्याईएको मंचका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए ।
मंचले कोरियामा काम परिवर्तन गर्ने अवधिको विचको समयमा कामदारलाई हुने गरेको आवासको समस्यालाई मध्यनजर राखेर उक्त गृह सञ्चालनमा ल्याएको हो ।  कोरियामा लुम्विनी आवास गृह सञ्चालन गर्नकालागि गत वर्ष सुपादेउराली सांगितीक सौगात भाग —१ सम्पन्न गरिएको र उक्त कार्यक्रमबाट संकलित रकमबाट गृह सञ्चालन गरिने पन्थीले बताए ।
राजधानी सौल भित्र पर्ने तोङदेमुनमा रहेको उक्त आवासगृहबाट त्यस क्षेत्रमा कार्यरत नेपालीहरु लाभान्वीत हुने अपेक्षा गरिएको र यसलाई दीर्घकालिन रुप दिन सबैको सहयोगको अपेक्षा गरिएको मंचका कोषाध्यक्ष राज खनालको भनाई छ ।
यस अघि गुल्मी सम्पर्क समिती दक्षिण कोरियाले पनि लुम्बिनी आवास गृहको सञ्चालनमा  थप सहयोगार्थ रेसुंगा सांस्कृतीक झलक भाग—३ सम्पन्न गरिसकेको छ ।

प्रतिक्रियाहरू