अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको किमसँग लभ!

1205

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग लभ परेको बताएका छन् । न्यूयोर्कमा जारी राष्ट्र संघ महासभामा विदेशमन्त्रीले अमेरिकाको प्रतिबन्धले उसप्रति विश्वास गर्ने वाताबरण नभएको बताएपनि ट्रम्पले सकरात्मक धारणा सार्वजानिक गरेका हुन् । ट्रम्पको पछिल्लो टिप्पणीले अवरुद्ध रहेको निशस्त्रीकरण वार्ता सुचारु हुन सक्ने संकेत दिएको छ । पश्चिम भर्जिनियामा आयोजित ¥यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले किमसँग माया बसेको बताएका हुन् । किमले सुन्दर पत्र पठाएको र त्यसबाट आफु निक्कै प्रभावित भएको पनि ट्रम्पले बताए । सम्बोधनमा ट्रम्पले किमसँग छिट्टै दोश्रो शिखर वार्ता गर्ने बताए ।
गत जुनमा ट्रम्प र किमबीच सिंगापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो । वार्ता पछिको संयुक्त विज्ञप्तीमा किमले कोरियाली प्रायद्धिपलाई पुर्ण निशस्त्रिकरण गर्ने काममा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए भने ट्रम्पले सुरक्षा ग्यारेन्टीको वाचा गरेका थिए । गत साता प्योङयाङमा किम र दक्षिण कोरियाका राष्ट्रपति मून जे ईनबीच तेश्रो चरणको वार्ता पछि किम र ट्रम्पबीचको शिखर वार्ताको चर्चा चलिरहेको छ ।

प्रतिक्रियाहरू