कोरियामा अवैधानिक रहेकालाई खुसिको खबर, छ महिना भित्र अध्यागमन गए कोरिया प्रवेशमा सहज, समातिए दश वर्ष सम्म रोक

3378

 

दक्षिण कोरियाले आफ्नो मुलुकमा अवैधानिक तवरले बसेका विदेशीलाई स्वदेश फर्कन छ महिनाको समयसिमा दिएको छ । छ महिना भित्र अध्यागमन अधिकारीलाई जानकारी दिएर स्वदेश फिर्ता नभए दश वर्ष सम्म कोरिया प्रवेशमा रोक लगाउने चेतावनी सरकारले दिएको छ । यदि जानकारी दिए कोरिया प्रवेशमा रोक नलगाउने न्याय मन्त्रालयले बताएको छ । अवैधानिक हुनेको संख्या बढेपछि चिन्तित बनेको सरकारले समातिए कोरिया प्रवेश नै बन्द गरिदिने चेतावनी दिएको हो । कोरियामा हाल तीन लाख पैतीस हजार अवैध तवरले बसेका छन् । जसमा नेपाली पनि दुइ हजार भन्दा बढि रहेका छन् । न्याय मन्त्रालयको आँकडा अनुसार सन् दुइ हजार सोह्रमा दुइ लाख आठ हजार नौ सय एकहत्तर अवैधानिक रहेकोमा सन् दुइ हजार अठारको अगष्ट सम्म तीन लाख पैतीस हजार चार सय पचपन्न पुगेको छ । भने वर्षेनी तीस हजार भन्दा बढिलाई डिपोर्ट हुदै आएका छन् । अध्यागमनका कर्मचारीले निर्माणधिन क्षेत्र, बार लगायत कम्पनीमा छापा पनि मार्दै आएका छन् ।

 

प्रतिक्रियाहरू