कोरियाले बिदेशी कामदार लाइ समेत लागु हुनेगरी स्वास्थ्य बिमा सम्बन्धि नीतिमा परिबर्तन गर्ने भएको छ l आउदो डिसेम्बर को अन्त्य देखि लागु हुने उक्त परिबर्तित नीति बिदेशी कामदारको हकमा पनि लागु हुने स्वास्थ्य बिभागले जनाएको छ l
बिसेष गरि कोरियामा आप्रवासी कादारलाइ जटिल रोग लाग्दा उपचार खर्चको अभाब हुदै आएको छ l हाल प्रचलित राष्ट्रिय स्वास्थ्य बिमाले सामान्य रोगको लागि मात्र उपाचारमा केहि छुट दिदै आएको छ l यद्यपी जटिल रोगको लागि भने उपचार खर्च आफै जुटाउनु पर्ने हुन्छ l
परिबर्तित बिमा प्रणालीमा कोरियन तथा बिदेशी कामदार समेत अनिबार्य रुपमा दर्ता भएको हुनु पर्ने छ l बिदेशी कामदारको हकमा कोरिया प्रवेश गरेको कम्तिमा पनि ६ महिना पुग्नु पर्ने छ l उक्त स्वास्थ्य बिमा बाट लाभ लिन सुरुमा केहि रकम बुझाइ दर्ता हुनु पर्ने छ l
परिबर्तित बिमा प्रणालीमा दर्ता भएका कोरियन तथा बिदेशीले जटिल रोगको उपचार निशुल्क रुपमा प्राप्त गर्न सक्ने स्वास्थ्य कल्याण मन्त्रालयले बताएको छ l
हाल कोरियामा राष्ट्रिय स्वास्थ्य बिमा अन्तर्गत ५ करोड भन्दा धेरैले लाभ लिदै आएका छन् l उक्त बिमाले सामान्य उपचारमा छुट दिदै आएको भएतापनि गम्भीर रोगको लागि भने उपचार खर्च निकै महँगो पर्ने गरेको छ l