परदेशिएका युवाको दशैं पिडा।

2647

बिहानको समय थियो । मोबाइलमा आलारामको घण्टी बज्यो टुङटुङ टुङटुङ ….। त्यसपछी म भन्दा अगाडी मेरो दाईने पट्टि छेउमा सुत्यको मेरो साथी उठ्छ र त्यसपछी म । अनी एक र अर्को लाई हतार हुन्छ। तछाडमछाड गर्दै नित्यकर्म गर्नलाई अनि हस्याफस्याङ गर्दै वार्किङ डेस् लाएर निस्किदा साथी अगाडी म पछी भएर कोठा बाट ।
यो हाम्रो दैनिकी नै यही हो र पेसा पनि कर्म हार्न सकिदैन र नियती जितेर आज सम्म कोही पनि बिजय भएको छैन । हाम्रो केही बर्ष यता यसरी नै चलेका छ चल्दै आउएका छ। यसपछी हामी संगसंग अरू कोठाबाट फुत्तफुत्त मान्छे निस्किन्छन साथीहरू अनी त एकै छिन हाम्रो 7/8जनाको ग्याङ नै बन्छ ।यसै बिचमा एकजनाले कुरा उठाउछ । खै कस्ले हो उठाएको मलाई त्यसको अनुहार त राम्रो संग हेक्का हुदैन । उस्को कुराको हल्ला मेरो कान सम्म पनि आईपुग्छ र मलाई निक्कै छुन्छ । अनी मलाई सम्झना हुन्छ । ओहो! हामी कस्ता मान्छे हामी कहाँ हराएका रहेछौ । कुन दुनियामा छौ र कसरी बिर्सियौ आफ्नो संस्कार, संसकृति ,परम्परा र रितिरिवाज आज त हामीले हर्ष, उल्लास,उमंग र उत्साहाका साथ मनलाई चंङ्गा जस्तै गरी फुरूङ्ग उडाएर मान्नेजनहरू बाट एक युग बाचेस् ,संसार कै बुद्धिजीवी बन्नु र अरू के के हुन के के आशीर्वाद थाप्दै हाम्रो महान चाड दशै मनाउदै पो हुनु पर्ने ठाउमा हाम्रो यो के को हतार हो अर्धनिन्द्रा बाटै तछादमछाड गर्दै दौडीनु पर्ने ।फेरी सम्झीन्छु तिनचार वर्ष अगाडीको आजको दिन रातो माटोले आजकै दिनका लागी दिदि र बहिनीले हतार हतार गर्दै घरका भित्ता टिलिक्कै टल्काएको, ठुल्दाजु दशौकै लागी भनेर चार वर्षपछी घर फिर्नु भएको, आमाले चामलको डिक्किमा ढिक्कि ट्याई ढिक्कि ट्याई ….. गर्दै पिठो बनाएको र बुवाले खै कुन गाउबाट हो वा छिमेकीको घर बाट हजार सात एकमा खसी ल्याउनु भएको । अनी त मन कुहिएको चुक भन्दा पनि घृनलाग्दो भएर कुडीन थाल्छ । यस्तिकैमा बस आयो हामी सबै जना र अन्य मुलुक्का केही कम्पनि सहकर्मी संग बस चढ्छौ । बस चढेकै करिब 3 मिनेटमा आयो कार्य स्थान जहाँ मैले आधा दशक बिताई सकेको छु । थाहा छैन अरू पनी कति ओटा आधा दशकहरू यही कार्य स्थानमा बिताउने छु उँ हुम यो भने म आफैलाई पनि थाहा छैन । हुन्त आज मात्रै हैन आज जस्तै गरेर मैले आधा दशक खाई सकेको छु । तर जब जब मलाई आजको दिन आउछ साथमा रहेर बित्न खोज्छ त्यो पल कष्टप्रद हुन जान्छ । आज सम्म मलाई आज कै जस्तो पाँच पटक भयो । मेरो दैनक जसो एउटै बिन्दु बाट सुरू हुन्छ । कम्पनी मा भएका आफ्ना बोसहरूलाई ढोग्यो आफुले काम गर्नु पर्ने मेसिनमा आयो।कामको पुर्व तयारी गर्यो र काम सुरू गर्यो । खै किन हो किन आज मलाई यो सुरूवात गर्ने मन नै छैन मन नभए र पनि म आफ्नो काम भने सुरू गर्छु । सुरक्षित सतर्क सवाधानी तन मन सबै एकै साथ लाएर जो दैनिकी गर्नुपर्छ आज त्यो गर्न मन छैन मन छ त केवाल घर पुगौ भाउजुले बनाएको सेल रोटि खाऊँ साथिहरू संग मुस्कुराउदै पल्लो गाउ पल्लो गाउ गर्दै ठुला काका गैराघरे काले माईला मामा जमुनाकी आमा र मेरो बच्पन पदम लाई म पनि दशौमान्न आएको छु है सबै मिलेर रमाईलो गर्नुपर्छ भनेर खबर गर्न मन छ । मन नहुदा पनि आफ्नो के लाग्छ र धितोमा राखिएको लालपुर्जा जस्तै हो प्रदेशमा बेचिएको जीवन साहुले चाहे भने लालपुर्ज सजिलै फिर्ता गर्न पनि सक्छ चाहेन भने व्याज यति भो सयकडा दशका दरले अशुल्दै गुम्नाम गरिदिन पनि सक्छ । बिहानको दश बज्यो दश मिनेट रेष्ट टाईम मोबाइल समाउछु वाईफाई अन गर्छु र फेसबुक खोल्छु मेसेन्जरमा खै को को हुन को को कहिले बोलचाल न भएका तर फेसबुकमा भने एड भएका साथीहरूले ह्याप्पी दशौ लेखेर पठाएको मेसेज देख्दा आँखा बाट आँशुको बाढीनै उर्लिन खोज्छ समालिन्छु र सोच्छु आजको दिन बिदा लिनुपर्छ त्येतीनै बेला दश मिनेटको रेष्ट टाईम सकिन्छ मन बहकि रहेको र आँखामा महा सागरको सुनामी आउने तरखर हुदाहुदै पनि फेरी सूरू भएको डियुटी एकै पटक रोकिन्छ 12 बज्ये ।यो बिचमा मनले खै के के सोच्यो सोच्यो 12 बज्येको खाना समय पछीको फुर्सदको समयमा घर तिर फोन गर्न मन लाग्यो कसलाई गरौ फोन आमालाई बुवालाई वा दाइलाई दोधार्कै बिचमा बुवालाई फोन गर्छु यो बेला उताको 9 बज्येको छ अब केही बेरपछी दशैको शुभसाईत छ भनेर मैले हिजो साँझ नै समचारमा सुनेको थिए फोन गरे
बुवा : हेल्वाे को बोलेको कान्छो होस् ? म : हो बुवा म हो ढोग छ । अनि के छ खबर को को हुनुहुन्छ अहिले संग ? बुवा : त बाहेक अरू बसै संगै छौ बाबु तर त नहुदा खल्लो खल्लो भएको छ । बिहान देखिनै तेरी आमा ले पनि कान्छो के गर्दै होला के खायो होला छुट्टिमा दुईचार दिन भएपनि मिलाएर आए हुनेनी भन्दै छिन तेरो अभाव छ बाबु । म : आमालाई दिनुस् त आमा : ………………खै के के हो के को र साथमा सुक्क सुक्क

उफ! म कसरी लेखु यी शब्दहरु र कसरी गरौ आमाको भाइको बहिनी को दिदिको दाइको सम्बोधन मैले केही बोलेन न फोन राख्न सके न काट्न एकहोरो सुनिरहे । नियती हारेपछी जेनी सहनुपर्छ भग्यले ठगेपठी आफ्नो केही लाग्दैन समयको भुमरीमा परेको मान्छे उम्किन बाटो पाउदैन । केही समय पछी बोस् आउछ आज राती दश बज्ये सम्म काम गर अर्जेन्ट सामानको अपुग भएर यस्तै आदेश आएको छ । उफ! आफुलाई काम गर्ने मन नै छैन बोस्ले 10बज्ये सम्म डियुटी गर्नु पर्छ भन्ने आदेश लादेर गयो । आफुलाई बेचियो भने आफ्नो पनि केही न लाग्दो रहेछ । जस्तो कि वेस्यालएमा राखिएको जवानी जस्तै पैसा तिर्नेले आफ्नो इच्छा अनुसारले उपभोग गर्न पाउने । मन अमीलो मात्रै रहेन घर सम्झिएर अनुहारको पुरै भाग गहणले छोप्यो सधै गरि रहेको डियुटी आज कहिल्यै नगरे जस्तो भयो । समय बिताउनु थियो अरू दिनको रफ्तार मा आजको दिनमा घडीको सुई आज ढिलो चलेको जस्तो हुदैछ । बल्लबल्ल दिउसोको 3बज्यो । मनमा खै के के को मन एक किसिमको सुनामी नै आएको महसूस भई रहेको थियो 10मिनेट को रेष्ट टाईम सुरू हुन्छ ।

फेसबुक चलाइनु कस्ले के पोष्ट गर्यो त्यो हेर्नु लाईक कमेन्ट गर्नु प्रदेशीहरूको जीवनको एक महत्त्वपूर्ण अंग भनेको इन्टरनेट हो । यदि इन्टरनेट नभएको भए कसरी जीवनको एक चौथाई बिदेशमा बिताउथे होलान मान्छे यो प्रश्न मनमा बारबार आई रहन्छ । र मेरो पनि अहिले सबै भन्दा छ त त्यो मोबाइल हो र इन्टरनेट म एक छिन इन्टरनेट भन्दा बाहिर रहँे भने म कहाँ छु, के गर्दैछु आज खाना खाएँ की खाइन, के भुलेँ जस्तो भै दिन्छ । मैले यो ३ बजेको बे्रक टाईममा पनि मोवाईलमा फेसबुक अन गरि हाले एक एक गर्दै देखिन थाले रामे, हरि, गोपाल श्याम, हरिमाया जसुदा, सीता, सरिता, गीता, अरू पनि सबै सबैका एक एक गरेर दशैँको फोटा तँछाड मछाड गरे जस्तो देखिन्थो फोटा फेसबुक मा हेर्दा यसपछी मन झन् भारी भयो, लाग्यो कि मलाई सय किलोको भारले थिचिरहेको छ, म उठ्न सकेको छैन । उठ्नु भने जरूर पढ्ने थियो डियुटी गर्न ।बल्लतल्ल पाँच बज्यो, खान खाने समय आठ बजे, आराम समय दश बजे, आजको डियुटी समयको अन्तिम समय बहुत कष्टप्रद तरिकाले बिताएँ । जे होस् सकियो दिन सकियो, तर मन भने हलुङ्गो भएन, मन उस्तै रहिरह्यो। मन बुझाउनु नै थियो, आजले मात्रै मेरो जीवनले वर्षका ३६५ दिन काटिने थिएन् । न सकिने थियो घरमा दशैँका लागि काटिएको ऋण, न हुने थियो बरपिपल चौतारि सँगको भेट, न भेटिने थिए मेरा बालापनमा ढुङ्गाका गट्टा बनाएर खेल्ने साथीहरू । त्यसैले म डियुटी समय पछी कोठामा फिरेर सम्झिएँ, म जस्तै अबस्थामा रहेका रामचन्द्र, जनक, गोपाल, गगन, हेमराज दिपक दीपेन्द्र राजन खेम गोपी सरोज रमेश र आदिआदि सकियो मेरो दशै पनि ।

प्रतिक्रियाहरू