दक्षिण कोरियाले मंगलबार ३ बर्ष पछी आधिकारी रुपमा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) रोग निर्मुल भएको घोषणा गरेको छ l
विश्व स्वास्थ्य संगठनको निगरानीमा पछिल्लो पटक मर्स रोगको लक्षण देखिएका केहि ब्याक्तिहरुलाई २८ दिनको परिक्षण पछी उक्त कुराको घोषणा गरेको कोरिया केन्द्रीय रोग परिक्षण तथा नियन्त्रण बिभाग लाइ उदृत गर्दै कोरिया टाइम्सले समाचारमा लेखेको छ l परिक्षण गरिएका उनीहरुमा पनि मर्स रोगको कुनै पनि लक्षण देखिएको थिएन l
गत सेक्टेम्बर ८ मा ३ हप्ताको बिजनेस टुर पछी दुवै हुदै कुबेत बाट फर्किएका एकजना कोरियन नागरिकलाइ मर्सको आशंकामा उपचार गरिएको थियो l सन् २०१५ पछी कोरियामा मर्स रोगको लक्षण देखिएको यो पहिलो पटक हो l
त्यस्तै सेक्टेम्बर २१ मा कोरिया रोग नियन्त्रण शाखाले उक्त रोगीको संसर्गमा रहेका अन्य २१ जनामा परिक्षण गर्दा कुनै पनि मर्सको भाइरस देखिएको थिएन l
साउदी अरब बाट पहिलो पटक देखा परेको प्राणघातक रोग मर्सले २०१५मा कोरियामा ३८ जनाको ज्यान जानेगरी महामारीको रुप लिएको थियो l त्यस्तै १ सय ८६ जना बिरामीको सफल उपचार समेत गरिएको थियो