मृत्यु बोध गर अझै महान काम त जोड्नै बाँकी छ ।
अफ्त्यारा ठुला पहाडहरु कती धेरै फोड्नै बाँकी छ।।
अठोट यती कस कि फुट्ला बरु कतै खोलिने छैन ।
गुनासाका थैला त्याग भन्न,कसैलाई सोध्नै बाकी छ।।
अद्बभुत क्षमताको बिजारोपण भैसक्यो जन्मिदै ।
बाकी ज्ञान,ब्रहमाण्डीय चेतनालाई गोड्नै बाँकी छ।।
एक असाधारण पुरुष हौ तिमी उजागर गर ।
नछोड ती आन्तिम थोपा पनि पुरा निचोड्नै बाँकी छ।।
सुमार्ग ले तेही पुर्याउछ जहाँ सबै पुगेका छन ।
मानबको सार्थाक्ता खोज्न फरक बाटो मोड्नै बाँकी छ।।
प्रतिक्रियाहरू