बिदेशी कामदार लाइ ज्याला नदिने कोरियन कम्पनि मालिक पक्राउ परेका छन् l कोरियाको उत्तरी ख्याङ्साङ्ग प्रान्तको थेगुमामा धातु बाट समान निर्माण गर्ने एक कम्पनि मालिकले १० जना बिदेशी कामदार लाइ ६० मिलियन कोरियन वोन अर्थात ५२ हजार ९ सय ६० अमेरिकी डलर ज्याला नदिएको उजुरी परेको थेगु प्रहरीले लाइ उदृत गर्दै कोरिया टाइम्सले लेखेको छ l कम्पनिको नाम भने गोप्य राखिएको छ l
प्रहरीका अनुसार उक्त कम्पनीमा १० जना बिदेशी कामदार कार्यरत छन् l ति मध्ये धेरै जसो अबैध कामदार रहेको समेत बुझिएको छ l लामो समय देखि ज्याला नदिएपछि कामदारले कम्पनि मालिक विरुद्व श्रम मन्त्रालय थेगुमा उजुरी गरेका थिए l अबैध कामदारको फाइदा उठाउदै श्रम शोषण गर्ने कम्पनि मालिकलाई कारबाहीको प्रक्रिया पनि बढाईएको प्रहरीले जनाएको छ l “कामदार अबैध रहेकाले कम्पनि मालिकले त्यसको फाइदा उठाउन खोजेको हुन सक्छ ” मन्त्रालयका एक अधिकारीले भने l
कोरियामा कम्पनि मालिकले लामो समय सम्म ज्याला नदिई श्रम शोषण गरेका कारण बिदेशी कामदार हरु मारमा पर्दै आइरहेका छन् l भौतिक पूर्वाधार सम्पन्न आवास गृह नभएता पनि कम्पनीले खाना बस्न बापत चर्को रकम काट्ने गरेको गुनासा हरु आइरहेको प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राइ बताउछन l त्यसको लागि प्रवासी मजदुर संगठित भै दावाब सिर्जना गर्नु पर्ने राइको भनाइ छ l