वुमन फर वुमन कोरियाले यस वर्ष पनि सामूहिक भाइटीका आयोजना गर्ने

2089

महिलाको लागि महिला संस्था (वुमन फर वुमन) दक्षिण कोरियाले बिगतमाझैँ यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ। कोरियामा विभिन्न पेशामा संलग्न रहेका दाजुभाइहरुलाई एकै ठाउँमा जम्मा गरि सामूहिक भाइटिका लगाईदिने कार्यक्रम उक्त संस्थाले स्थापनाकालदेखी नै गर्दै आईरहेको छ।

यो बर्ष भाइटिकाको मुख्य दिन नोभेम्बर ९ तारिख, शुक्रवार परेपनि सबै नेपाली दाजुभाइ, दिदी-बहिनीहरुको समय नोभेम्बर १० शनिवारलाई अनुकूल हुने भएकोले सोही दिन संस्थाले भाइटिका कार्यक्रम आयोजना गर्न लागेको संस्थाकी अध्यक्ष पद्ममा श्रेष्ठले बताउनुभयो।

आयोजकले शनिवार, नोभेम्बर १०, बेलुका ८ः३० बजे नेपाल हाउसमा सामूहिक भाइटिका कार्यक्रम गर्ने बताएको छ भने इच्छुक दाजुभाइ, दिदी-बहिनीहरुलाई सहभागिताको लागी आयोजकले हार्दिक अनुरोध पनि गरेको छ ।

 

 

प्रतिक्रियाहरू