विश्व शान्तिमा अग्रणी भूमिका खेलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यस बर्षको सिओल शान्ति पुरस्कार बिजेता बनेका छन् l आर्थिक रुपले शक्तिशाली बनाउदै भारतीय जनताको जीवनस्तर उच्च राख्न मोदीको भूमिका अग्रणी रहेको भन्दै उक्त पुरस्कारको घोषणा गरिएको समाचार एजेन्सी योंहापले जनाएको छ l
सियोल पिस प्राइज कल्चरल फाउन्डेसनका अध्यक्ष क्योन इ ह्योकले गत मगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरेका थिए l
आर्थिक बिकास तथा अन्तरदेशीय सहायता मार्फत विश्व शान्तिमा उनको भूमिका उच्च रहेको बताइएको छ l त्यस्तै बिभिन्न कुटनीति मार्फत एसिया प्यासेफिक क्षेत्रको समुन्नत विकास तथा शान्तिको लागि समेत उनको भूमिका उच्च छ l
मोदीको कार्यकालमा भारतको आर्थिक बृद्दी ७.६ प्रतिशत रहेको इन्टरनेसनल मोनेटरी फन्ड ले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ l नरेन्द्र मोदीले अबलम्बन गरेको “मोदीइकोनिमिक्स”ले अन्तर्राष्ट्रिय लगानी कर्तालाई आकर्षित गर्दै विश्वको सबैभन्दा दुर्त आर्थिक विकास गर्न सफल भएको समेत बताइएको छ l
सन् १९९० सालमा स्थापना गरिएको सिओल शान्ति पुरस्कार पहिलो पटक पुर्व ओलम्पिक अध्यक्ष जुआन एन्टोनियो समारन्च ले हात परेका थिए भने मोदी १४ औं बिजेता हुन् l उनले प्राप्त गरेको पुरस्कारको रकम २ लाख अमेरिकी डलर छ l
यसभन्दा पहिला सियोल शान्ती पुरस्कार बिजेता डा. आन , ग्रामिण बैंकका संस्थापक मुहमद युनुस त्यस्तै पन्जिल अस्पतालका संस्थापक मुक्वेजी लगाएतले नोबेल पुरस्कार समेत हात पारिसकेका छन् l