कोरियाले विदेशी कामदारको करमा थप कडाइ गर्ने

3213

कोरिया सरकारले यहा  कार्यरत बिदेशी कामदारले  हरुले तिर्नु पर्ने करमा थप कडाइ गर्ने भएको छ l एक हप्ता पहिला मात्र  प्रतिपक्ष दल लिबर्टी पार्टीका  नेता चो क्युंन हो ले २ हजार ७ सय ७८ जना बिदेशीले १८ बिलियन वोन अर्थात १३.२ मिलियन डलर कर तिर्न बाँकी रहेको एउटा रिपोर्ट संसदमा पेस गरेका थिए l

उनले पेश गरेको करिब १ हप्तामै मंगलबार  राष्ट्रिय कर सेवाले कर सम्बन्धि नियममा थप कडाइ गर्ने बताएको छ l नेता चो क्युंन होले राष्ट्रिय कर सेवाले कर सम्बन्धि नियममा कडाइ गर्न नसकेको समेत आरोप लगाएका थिए l

नया नियमानुसार जब बिदेशी नागरिक कोरिया छाड्छ उसले अनिबार्य रुपमा अध्यागम बिभागमा कर तिरेको सर्टिफिकेट पेस गर्नु पर्ने छ l प्रत्येक  बर्ष १३ मिलियन विदेशीले कोरिया छाड्ने गरेका छन् l

राष्ट्रिय कर सेवाको तथ्यांकअनुसार  २०१६ मा कोरियामा कार्यरत कामदारको कुल आमदानी १३ ट्रीलियन वोन थियो भने २०१२मा ५.९ ट्रीलियन रहेको थियो l

 

प्रतिक्रियाहरू