यहि नोभेम्बर १ तारिख देखि ५ सम्म माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीले सर्बसाधरणलाई जारी गर्न लागेको साधाहरण शेयर डीम्याट खाता भएका ग्राहकहरुले दक्षिण कोरियाको जी मनि ट्रान्सफर मार्फत नेपाल स्थित मेगा बैंक नेपाल लिमिटेड को प्रतिनिधि मार्फ़त शेयर भर्न सकिने बताइएको छ l
दक्षिण कोरिया स्थित जी मनिका संपूर्ण शाखाहरु बाट शून्य मौज्दातमा मेगा मातृभूमि बचत खाता खोल्न सकिने र ७ प्रतिशत बार्षिक ब्याजको लाभ लीन सकिने समेत मेगा बैंकले जनाएको छ l
मेगा बैंक नेपाल लिमिटेड नेपालको देशैभर १०२ शाखा, १४ एक्सटेंशन काउंटर, ११९ ब्रांच लेस्स बैंकिंग र २३०० भन्दा धेरै रेमिट एजेंट्स संजाल भएको बैंक हो|
मेगा बैंक नेपाल लिमिटेड ले दक्षिण कोरिया बाट खाता खोली ग्राहकको खाता सम्बन्धी सम्पूर्ण सेवाहरु को साथै लोन सम्बन्धी काउन्सिलिंगको सेवा प्रदान गर्दै आएको छ|
दक्षिण कोरिया स्थित मेगा बैंक प्रतीनिधीको यो संपर्क नम्बरमा ०१०६८७५२८७७ मा संपर्क गरी मेगा बैंक को सम्पूर्ण सेवाहरु दक्षिण कोरिया बाट प्राप्त हुने बैंक नेपाल लिमिटेडका कोरिया प्रतिनिधि तुल्सी दाहालले बताएका छन् l