इपिएस मार्फत दक्षिण कोरिया पुगेर पहिलो कार्यकाल सकेर नेपाल आएका गजलकार जिवन भण्डारीले गजल संग्रह विमोचन कार्यक्रम गरेका छन् । गृहनगर नवलपरासीमा भण्डारीले राहत गजल सङ्ग्रह बिमोचन कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा डा.श्याम न्यौपाने प्रमुख अतिथी र बुलबुल ,फल्चा, श्रुतिसंबेग रेडियो नेपालका कार्यक्रम संञ्चालक अच्यूत घिमिरे ‘बुलबुल’बिशेष अतिथी थिए भने कार्यक्रमका सभापति उज्यालो लाल्टिनका संस्थापक सन्देश ज्ञवाली थिए ।
कार्यक्रम दुई भागमा बॉडिएको थियो। पहिलो भागमा बिशेष रचना बाचन कार्यक्रम भएको थियो। रचना बाचनमा समीर सायर, अभि तिवारी, कृष्ण प्रसाद अर्याल, बिक्रम ढकाल,महेश्वर शर्मा हुनुहुन्थ्यो।
दोस्रो भागमा बिमोचन कार्यक्रम भएको थियो। बिमोचनमा सर्जक भण्डारीको हजुर आमा तुलसी भण्डारी, बाबु शिबलाल भण्डारी,आमा नमकला भण्डारी, प्रमुख अतिथी र बिशेष अतिथी हुनुहुन्थ्यो। उज्यालो लाल्टिनको उक्त कार्यक्रममा उहॉहरूकै हातबाट किताब बिमोचन कार्य सम्पन्न भएको हो।कार्यक्रममा झण्डै एक सय बिस जना उपस्थिती हुनुहुन्थ्यो।बिभिन्न संघ संस्था देखि साहित्य प्रेमीहरूको भब्य उपस्थिती थियो।