कोरियाको वायुमण्डलमा प्रदुषणयुक्त धुलोको प्रभाब बढ्न थालेपछि स्वास्थ्य विभागमाले स्वास्थ्यमा सजकता अपनाउन सुझाब दिएको छ l
केहि दीन यतादेखि चिन बाट कोरिया प्रायद्वीप हुदै प्रवेश गरेको प्रदुषणयुक्त धुलोका कारण कोरियाको वायुमण्डलमा लाइ नराम्रो संग प्रभावित बनाएको छ l कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन ( केएमए) जनाए अनुसार बुधबार राजधानी सियोल ,इन्छन् तथा ख्यांगीदो क्षेत्रमा धुलोको मात्रा कैयौं गुणा बढेको छ l
पहेलो रंगको धुलो मिश्रित वायुमण्डलले सियोल तथा यसका आसपासका क्षेत्रलाइ बाक्लो गरि ढाक्न थालेपछि सरकारले बुधबार केहि दिनको लाइ आपतकालीन समाधान स्वारुप जोर नम्बर र बिजोर नम्बर प्लेट भएका गाडीहरुलाइ एकै समयमा गुड्न नदिने निर्णय गरको छ l ३ सय ६० भन्दा धेरै सार्बजनिक पार्किंग स्थल समेत बन्द समेत गरेको छ l त्यसैगरी डिसेम्बर ३१, २००५ भन्दा पहिला दर्ता भएका डिजेल गाडीहरुलाई सियोल क्षेत्रमा बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म गुडाउन निषेध गरेको छ l
बुधबार राजधानी सियोल तथा त्यसका आसपासका क्षेत्रको वायुमण्डलमा प्रदुषणयुक्त धुलोको मात्रा ५० माइक्रोग्राम भन्दा माथि पुगेको छ भने थेगु , इन्छन ,ख्वाङ्जु ,ख्यांगी लगाएत देशका अधिकांस क्षेत्रलाइ समेत प्रभावित बनाएको बताइएको छ l
प्रदुषणयुक्त धुलोको प्रभाब बाट जोगिन सकेसम्म केहि दिनको लागि घर बाट बाहिर ननिस्किन तथा निस्किनै परे सुरक्षित मस्क लगाएर निस्किन समेत सुझाब दिइएको छ l